कोरोना संक्रमितको संख्या ४६१४ पुग्यो - Pahilo Online

कोरोना संक्रमितको संख्या ४६१४ पुग्यो

writer

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा २५० जना नयाँ संक्रमित थपिएका जनाइएको छ । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिइएको हो । बुधबारसम्म ४ हजार ३६४ जनामा संक्रमण देखिएको थियो । नयाँ संक्रमितमा २० जना महिला रहेका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा आठ महिलासहित १८७ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८७ महिलासहित ८६१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हाल देशभर तीन हजार ७३८ जना ‘आइसोलेसन’मा रहेका छन् । एक लाख ६२ हजार १३ जना ‘क्वारेन्टिन’मा रहेको पनि मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण हालसम्म ७२ जिल्लामा फैलिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes