कोरोना रोकथाम गर्न दबाव दिन बालुवाटारमा प्रदर्शन गर्नेमाथि प्रहरीको दमन - Pahilo Online

कोरोना रोकथाम गर्न दबाव दिन बालुवाटारमा प्रदर्शन गर्नेमाथि प्रहरीको दमन

writer

काठमाण्डौ । सरकारले कोरोना भाइरसको महामारी रोकथाम गर्न नसकेको र सबेको पिसिआर टेष्टको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । सबैलाई पीसीआर विधिमार्फत नै कोरोना भाइरसको परीक्षण गर्न आग्रह गर्दै प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।

सामाजिक अभियन्ता, व्यापारीलगायत आरडीटीबाट नभइ पीसीआर विधिमार्फत परीक्षण गर्न माग गर्दै बालुवाटर पुगेका थिए । कोरोनाको जोखिम बढेसँगै सरकारले परीक्षणको दायरा बढाएको दाबी गरेको छ । तर यो पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको छ । यस्तै प्रहरीले १० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । उनीहरुले लकडाउनको उल्लङ्घन गरेकोले पक्राउ गरिएको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

अहिले एक लाख नौ हजार ७१ जनाको मात्रै पिसीआर विधिमार्फत परीक्षण भएको छ भने १ लाख ५६ हजार नौ सय ९१ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ । नेपालमा अहिलेसम्म ४ हजार ८५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes