काठमाण्डौ । कपिलवस्तुमा थप दुई २ जनामा कोरोना सङ्क्रमितको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरस सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित पुष्टि हुनेको संख्या १ सय १ पुगेको छ ।