१६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिसंगै सङ्क्रमितको सँख्या ७५ पुग्यो - Pahilo Online

१६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिसंगै सङ्क्रमितको सँख्या ७५ पुग्यो

writer

काठमाण्डौ । नेपालमा आइतबार थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिसंगै सङ्क्रमितको सँख्या ७५ पुगेको छ । आइतबार भएको परीक्षणमा नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार दिउँसो नेपालगञ्जका ९ र पर्साका एक जनामा कोरोना पुष्टि भएकोमा अहिले नेपालगञ्जका थप ६ जनामा पनि कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिलामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

आइतबार दिउँसो कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उनी बालक वा बालिका भन्नेबारेमा भने केही पनि खुलेको छैन । उनी नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएका सबैभन्दा सानो उमेरका व्यक्ति हुन् ।

आज संक्रमण पुष्टि भएका ९ जनालाई नै नेपालगञ्जको कोरोना अस्पतालमा ल्याउन स्वास्थ्यकर्मीको टोली प्रभावित ठाउँमा पुगेको छ । डाक्टर देवकोटाका अनुसार अहिले विराटनगरमा ३१ जना, वीरगञ्जका आज भेटिएका एक जना नयाँ बिरामीसहित ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एकरएक जना गरी ४४ जनाको उपचार भइरहेको छ ।

१६ जना भने उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार आजसम्म १३ हजार चार सय १४ जनाको पीसीआर र ४९ हजार ६ सय ८८ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २१ हजार ९ सय ५१ जना रहेको पनि उनले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes