युरिक एसिडका बिरामीले खाना पूरै बार्नेभन्दा पनि सन्तुलित भोजन जरुरी - Pahilo Online

युरिक एसिडका बिरामीले खाना पूरै बार्नेभन्दा पनि सन्तुलित भोजन जरुरी

writer

युरिक एसिडको समस्या भएका बिरामीहरूलाई प्रायः मुख बार्दा रोग निको हुन्छ भन्ने सोच विकास भएका कारणले अधिकांशले खानेकुराहरू बार्न थाल्छन् । तर, युरिक एसिड भएका व्यक्तिहरूले खाना पूरै बार्नुपर्ने भन्ने बुझाइ नै गलत हो ।

युरिक एसिडको समस्या भएका व्यक्तिहरूले गेडागुडी, माछा, रातोमासु, काउलीहरू खानु हुँदैन भन्ने मान्यता छ । तर, युरिक एसिड भएका ब्यक्तिहरूले यस्ता धेरै प्रोटिनयुक्त खानेकुराहरू खानै नहुने भने होइन ।

यस्ता खाने कुरालाई नियमित धेरै मात्रामा खानु भन्दापनि २ देखि ३ दिनमा एक पटक मात्रा मिलाएर खान सकिन्छ । एकैचोटि धेरै खानेभन्दा पनि थोरै थोरै गरेर आफूले मनपर्ने खाने कुराहरू खान सकिन्छ ।

चिकित्सकको परामर्शअनुसार औषधिको नियमित प्रयोग गरेमा खानाहरू बार्नुपर्दैन । तर, अमिलो हालेको, खाँदेको वा गालेको पुरानो अचार, तामा जस्ता खानेकुराहरू खानु हुँदैन ।

साथै, युरिक एसिड भएका व्यक्तिहरूले चुरोट, रक्सी तथा सूर्तीजन्य पदार्थको सेवन भने गर्नु हुँदैन । काउली, च्याउ, पालुङ्गो, गेडागुडी, गुलियो र समुन्द्रमा पाइने खानेकुराले युरिक एसिडको दर बढाउने हुँदा यस्तो खानेकुराको सेवन घटाउनु पर्छ ।

क्यान्सर र पिसाब लगाउने औषधिको अत्याधिक प्रयोगले पनि युरिक एसिडको मात्रा बढ्ने गर्छ ।
नियमित खान हुने कुराहरूमा प्रशस्त मात्रामा पानी, मौसमअनुसारको फलफूल, हरियो तरकारीहरू, दूध–दहि, दूधबाट बनेको चिज, पनिर, अण्डा, आँटाले बनेको पाउरोटी, भात, बदाम, ओखर, बेरी, कागती आदि तथा क्याल्सियम तथा प्रोटिनयुक्त खानाको सेवन बढाउनुपर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles