मोबाइल फोनलाई नजिकै वा सिरानीमुनि राखेर सुत्नु घातक - Pahilo Online

मोबाइल फोनलाई नजिकै वा सिरानीमुनि राखेर सुत्नु घातक

writer

विराटनगर । आजकल धेरैजसो मानिसहरू राति सुत्नुअघि र बिहान उठेलगत्तै मोबाइल फोनको प्रयोग गर्ने गर्छन् । मोबाइल फोन मानव जीवनको अभिन्न हिस्सा बनिसकेको छ । मोबाइलसँग मानिस यति जोडिएका छन् जसकारण यसलाई ट्वाइलेटदेखि लिएर किचेनसम्म लिएर जानुका साथ बिहान उठ्नेबित्तिकै फोन खोज्ने गरिन्छ । यसका लागि मानिसहरू फोनलाई नजिकै वा सिरानीमुनि राखेर सुत्ने गर्छन् ।

बेलायतको एक्जिटरलगायतका केही विश्वविद्यालयहरूले गरेको अध्ययनले सिरानी छेउ वा सिरानीमुनि मोबाइल राखेर सुत्दा स्वास्थ्यमा निकै धेरै समस्या आउन सक्ने निष्कर्ष निकालेका छन् । अध्ययनअनुसार मोबाइललाई सिरानी छेउ राख्दा क्यान्सर मात्र नभएर नपुंसकता पनि हुने सम्भावना अधिक हुन्छ ।

मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई अन्तराष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको छ । मोबाइलको अत्याधिक प्रयोगले कानमा ट्युमर पलाउन सक्ने, मस्तिष्कको ट्युमर, मस्तिष्कको क्यान्सर तथा अन्य क्यान्सर हुने सम्भावना बढ्न सक्ने देखाएपछि यसको थप अनुसन्धान गरिएको छ ।

बेलायती विश्वविद्यालयहरूको अध्ययनले नजिकै राखिएको मोबाइलबाट निस्कने विकिरणको नपुंसकतासँग सम्बन्ध हुने पत्ता लगाएको छ । उक्त अधययनका अनुसार मोबाइलले पुरुषमा शुक्राणुको उत्पादन घटाउनुका साथै शुक्राणुको गति पनि सुस्त बनाउने गर्छ । इजरायलको विश्वविद्यालयले सुत्नुभन्दा आधा घण्टाअगाडि मोबाइल फोनको प्रयोग रोक्नुपर्ने तथा यसलाई सुत्ने ठाउँबाट टाढा राख्नुपर्ने बताएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes