काजु स्वास्थ्यका लागि फाइदाजनक - Pahilo Online

काजु स्वास्थ्यका लागि फाइदाजनक

writer

काजु एक प्रकारको मसला हो । दिनको दुइ वा तिन ओटा काजु खाने गर्दा स्वास्थ्यमा अपत्यारिला फाइदाहरू देखा पर्न थाल्छन् । काजुमा प्रोटिन, मैग्निसियम, कपर, आयरन, पोटासियम, भिटामिन बी लगायतका तत्व भरपुर मात्रामा पाइन्छ ।

काजु उर्जाको मुख्य स्रोत हो । त्यसैले, केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजुको सेवनले शरीरमा आवश्यक पोषक तत्वको पूर्ति गरेर तत्कालै उर्जा प्रदान गर्छ । काजु खानाले हड्डी तथा दाँतलाई मजबुत राख्नुका साथै मांशपेशीलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

काजुमा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै यसले दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्नुका साथै शरीरको कमजोरीलाई हटाएर मुटु बलियो बनाइ डर हराएर जान्छ ।

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खाने गर्नाले अनुहार तथा कपाललाई चम्किलो बनाउनुका साथै दिमाग तेजिलो बनाउन मद्दत गर्छ । काजुमा प्रसस्त मात्रामा प्राकृतिक एन्टी अक्सिडेन्ट हुन्छ जसको सेवनले शरीरमा ट्यूमर तथा क्यान्सर रोग लाग्नबाट बचाउँछ । काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा ल्याएर मुटुलाई स्वास्थ्य राख्छ ।

काजुको सेवनले तनाव हट्नुका साथै मुड फ्रेस गराउन मद्दत गर्छ । कब्जियतका समस्या भएका व्यक्तिहरूको लागि काजुको सेवन अत्यधिक फाइदाजनक हुन्छ । आँखाको तेज बढाउन तथा गर्भावस्थामा आमा र बच्चालाई स्वास्थ्य राख्नका लागि काजुले ठूलो भूमिका निर्वाह गरेको हुन्छ । जुनसुकै उमेरकाले पनि काजु खाँदा कुनै प्रकारको नकारात्मक असर गर्दैन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes