सागसब्जी छाडेर आम्दानीका लागि करेसाबारीमा पनि अलैंची खेती - Pahilo Online

सागसब्जी छाडेर आम्दानीका लागि करेसाबारीमा पनि अलैंची खेती

writer

पाँचथर । पाँचथरका किसानले लगाएको सागसब्जीले भन्दा अलैंचीले बदी आम्दानी दिने भएपछि करेसाबारीमा समेत अलैंची खेती गर्न थालेका छन्। जिल्लाको उत्तरपूर्वी भेगका किसानले फलफूल र सागसब्जीको ठाउँमा करेसाबारीमै अलैंची खेतीको अभ्यास सुरु गरेका हुन्।

आम्दानी हुने देखेपछि खोल्साखोल्सी, जंगल र पाखाबारीमा गरिने अलैंची खेती करेसाबारीसम्म विस्तार हुन थालेको हो। ‘फलफूल र सागसब्जीको तुलनामा अलैंचीले चौगुणा बढी आम्दानी दिन्छ’ याङवरक गाउँपालिका–५, च्याङ्थापुका मनोज राईले भने, ‘त्यसैले फलफूल र सागसब्जीको सट्टा करेसाबारीमा पनि अलैंची नै लगाएको छु।’ उत्पादित सागसब्जी बेच्नलाई नजिकै बजार छैन। तर, अलैंची बेच्नलाई कुनै समस्या छैन। त्यसैले करेसाबारीमा अलैंची लगाउनु नै वेश देखिएको सोही ठाउँका किसान सुजाता राईले बताइन्। उनले पनि करेसाबारीभरी अलैंची लगाएकी छिन्। उनले भनिन्, ‘यसले घर वरिपरिको वातावरणलाई सधैं हरियाली बनाइराखेको छ।’

कृषकले बेर्ना र फल उत्पादन दुवैका लागि करेसाबारीमा अलैंची लगाउने गरेका छन्। जिल्लाको फालेलुङ, याङवरक र हिलिहाङ गाउँपालिकाको च्याङ्थापु, सिदिन, मेमेङ, प्राङबुङ, थर्पु, फलैंचा, पञ्चमी, सुभाङ लगायतका क्षेत्रका कृषकले करेसाबारीमा अलैंची खेती बिस्तार गरेका छन्। जिल्लाको उत्तरपूर्वी क्षेत्रबाट सुरु भएको करेसाबारीमा अलैंची खेती गर्ने अभ्यास अहिले जिल्लाभरी नै विस्तार हुने क्रममा रहेको जिल्ला कृषि विकास कार्यालय पाँचथरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेस तिवारीले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes