भेट्रान लिग फुटबल प्रतियोगिता अन्तर्गत वडा नं  २ फाइनल प्रवेश  - Pahilo Online

भेट्रान लिग फुटबल प्रतियोगिता अन्तर्गत वडा नं  २ फाइनल प्रवेश 

writer

पहिलो अनलाइन

पथरी  । मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न भएको खेलमा वडा नं -२ विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ । पथरी शनिश्चरे वार्ड नं १ को पञ्चायत माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना भइरहेको उक्त प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नं २ ले वडा नम्बर ०८ विरूद्ध २-० को अन्तरमा गोल गर्दै विजय हासिल गरेको हो।

आत्मविश्वास आत्मनिर्भर स्थानीय पहिचान र स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ पथरी शनिश्चरे वडा नं २ को कार्यालयद्वारा आयोजित सो प्रतियोगितामा खेलको निर्धारित समयमा ७ औं र ८ औं मिनेटमा वडा नं -२ का टिम क्याप्टेन मदन राईले प्रहार गरेको बल नै गोलमा परिणत भएको थियो। त्यसपछि खेल अवधिभर दुवै टिमका पटक- पटकका प्रयासहरू गोलमा परिणत हुन सकेनन्। निकै प्रतिस्पर्धात्मक र सन्सनीपूर्ण भएको सो प्रतियोगितामा वडा नम्बर -२ का टिम क्याप्टेन मदन राई म्यान अफ द म्याच घोषित भए ।

शनिबारको खेलका प्रमुख आकर्षक प्रमुख अतिथि समेत रहनु भएका नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उनलाई मेडल तथा ट्रफी प्रदान गरेका थिए। भोलि आईतवार पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाका जनप्रतिनिधिहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल संयोजक तथा वडा नम्बर -२ का वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभएको छ भने यो भेट्रान लिगको फाईनल खेल पर्सी बैशाख २४ गते सोमबार वडा नम्बर ०२र ४ बिच फाईनल भिडन्त हुने छ।

उक्त अवसरमा वडा नम्बर ०८ का वडा अध्यक्ष एवम् नगरप्रवक्ता नवीनजंग कार्की, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई,खिलाराज घिमिरे, तथा खेल प्रेमी दर्शक महानुभावहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes