जाडो महिनामा चिसो भगाउन तातो चिकेन र भेजिटेबलको सुप (बनाउने विधि सहित) - Pahilo Online

जाडो महिनामा चिसो भगाउन तातो चिकेन र भेजिटेबलको सुप (बनाउने विधि सहित)

writer

मंसिर अन्तिम तिर आइपुग्दा जाडो धेरै नै बढेको छ । जाडो बढेसँगै हामीलाई भोक पनि बढ्न थालेको अनुभव हुन्छ । जाडोको समयमा चिसोका कारणले धेरै भोक लाग्छ । चिसोमा काम गर्न खासै जागर पनि चल्दैन ।

तर, घरमा सजिलै पाइने सामग्रीहरूको प्रयोग गरेर जाडोमा छिटो र मिठो खाने कुरा खान मन सबैलाई हुन्छ । चिसो मौसममा तातो हुनका लागि होस् वा रुघाखोखी निको पार्नका लागि सुप निकै उपयोगी हुने गर्छ । तातो सुपले मुखको स्वाद फेरिनुका साथै घरमा बनाएको हुदा स्वास्थ्यको लागि हानि गर्दैन । भेजिटेबलमा चिकेन मिसाएर बनाएको सुप पकाउन पनि निकै सजिलो हुनुका साथै यसको स्वाद पनि निकै मिठो हुन्छ ।

धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने, रुघाखोकी हटाउन सक्ने हुदा मानिसहरू तातो सुप पिउन निकै रुचाउछन् । हरेक घरमा बन्ने सुप आ–आफ्नै तरिकाले बनाउन सकिन्छ । तर, मीठो, छिटो र स्वादिलो बनाएर खानका लागि दिएको बेग्लै तरिका अपनाउन सकिन्छ । तरिका सजिलो पनि रहेको छ ।

भेजिटेबल विद चिकेन सुप बनाउन चाहिने सामाग्री

काटेको प्याज, २५० ग्राम हड्डी नभएको चिकेन, गाजर, मुला, हरियो मटर, हरियो धनिया, हरियो खुर्सानी, सिल्मा मिर्च, अदुवा लसुनको पेस्ट, नुन, गरम मसलाको धुलो, बेसार, खुर्सानी र बटर ।

सुप बनाउने विधि

एउटा कुकरमा चिकेन, मुला र गाजरलाई अलिकति पानी राखेर नापकुन्जेल सिट्टी दिने । त्यसपछि एउटा कराईमा अलिकति बटर हालेर प्याज, हरियो मटर, हरियो धनिया, हरियो खुर्सानी, सानो सानो गरि काटिएको गाजर, मुला, सिमला मिर्च, अधुवा लसुनको पेस्ट, नुन, बेसर, खुर्सानी र मसला हालेर २ देखि ३ मिनेट सम्म भुट्ने ।
यी तरकारीहरू काचै खान मिल्ने भएको कारणले धेरै बेर सम्म पकाई रहनु पर्दैन । त्यसपछि, कुकरको चिकेनलाई सानो सानो टुक्रा गरि हात छुटाएर कराईमा राखेर एकछिन भुट्ने र अगी चिकेन उसिनेकै पानीलाई सुप बनाउनका लागि प्रयोग गर्ने । उक्त पानीमा गाजर, मुला र चिकेनको रस मिसिएको हुदा सुपमा थप स्वाद आउने गर्छ । एउटा कचौरामा निकालेर तातो तातो सुप पिउनका लागि तयार छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes