म्याङलुङ र पथरी शनिश्चरे नगरबीच विकास तथा न्यायिक सम्पादनका गतिविधिको जानकारी आदान प्रदान - Pahilo Online

म्याङलुङ र पथरी शनिश्चरे नगरबीच विकास तथा न्यायिक सम्पादनका गतिविधिको जानकारी आदान प्रदान

writer

पथरीशनिश्चरे । तेह्रथुमको म्याङलुङ र मोरङको पथरी शनिश्चरे नगरबीचका विकास तथा न्यायिक सम्पादनका गतिविधिका बारेमा आज जानकारी आदान प्रदान भएको छ । म्याङलुङकी उपप्रमुख पार्वती सानु डाँगीको अगुवाईमा आएको टोलीलाई पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा स्वागत गर्दै अनुभव र गतिविधिका बारेमा जानकारी आदान प्रदान गरिएको छ ।

म्याङलुङकी उपप्रमुख डाँगीले म्याङलुङलाई ढाकाको राजधानीका रुपमा विकास गर्ने लक्ष्य सहितको घोषणा गरिएको सुनाइन् । साथै उनले गुराँसको राजधानीका रुपमा पनि सो क्षेत्रको पर्यटकीय विकासको पहिचान बनेको वताइन् । म्याङलुङ तुलनात्मक रुपमा धेरै शान्त रहेको उल्लेख गर्दै नगरमा मुद्धाहरु ज्यादै कम आउने गरेको जनाइन् । ‘वर्षको १२, १३ वटा मुद्धा आउँछन् । त्यसमा लेनदेनका बढी हुन्छन् । पछिल्लो वर्ष एउटा मुद्धा फैसला गर्नु परेको र अरु सवै मेलमिलाप गराइएको छ ।  उनले भनिन् । उनले मेलमिलाप केन्द्रका बारेमा अन्यत्रको सिकाई के छ भन्ने कुरालाई केन्द्रमा राखेर भ्रमण गरिएको वताइन् ।

त्यहाँ न्यायिक समितिको कार्यविधि बनेको छ । मेलमिलाप सम्वन्धी तालिम वडाध्यक्षहरु समेतलाई प्रदान गरिएको छ । वडा वडामा कानूनी सचेतना तालिम प्रदान भएका छन् । मेलमिलाप केन्द्र गठन भनें अव हुने चरणमा छ । मध्यपहाडी लोकमार्गमा पर्ने म्याङलुङ नगरले सुत्केरीका लागि निशुल्क रुपमा एम्वुलेन्सको प्रवन्ध गरेको छ । मुख्य रुपमा सडककै समस्या रहेको त्यहाँ कुल बजेटको ८० प्रतिशत भौतिक पूर्वाधारमा खर्च हुने गरेको छ । नगरको ५ वर्षे रणनीतिक योजना बनाइएको छ ।

पथरीशनिश्चरेका साथै मोरङको सुन्दरहरैंचा, इलामको सूर्याेदय र सुनसरीको वराहक्षेत्रको अवलोकन भ्रमणमा सामेल टोलीमा म्याङलुङ जिल्ला समन्वय समिति सदस्य रेञ्जी शेर्पा, म्याङलुङका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, न्यायिक समिति सदस्यहरु इन्द्रबहादुर लिम्बू, नारायणप्रसाद आचार्य, कर्मचारी हरिराज खत्री, नर्स समीक्षा आचार्य सहभागि थिए ।

पथरीशनिश्चरे र म्याङलुङको वडाहरुको संख्या वरावरी १०, १० वटा रहेको छ । ३ वटा गाविस मिलेर पथरीशनिश्चरे र ६ वटा गाविस मिलेर म्याङलुङ नगरपालिका बनेको छ । पथरीशनिश्चरेको भन्दा डेढ गुणा बढी क्षेत्रफल रहेपनि म्याङलुङको जनसंख्या ४ गुणा कम छ । त्यहाँ बसाई सराईका कारण ०६८ को जनसंख्या भन्दा खासै यो बेला जनसंख्या बढ्न सकेको छैन ।

मुद्धाको संख्या त आकाश र पातालकै फरक छ । पथरीशनिश्चरेमा २ वर्षको अवधिमा ७ सय बढी मुद्धा आएका छन् । यी र यसखाले गतिविधिको प्रस्तुतिका क्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले ७० वर्षमाथिकालाई १ नम्वर प्रदेशभरी उपचारमा जाँदा निःशुल्क एम्बुलेन्स भाडा व्यवस्थापन, ८० वर्षमाथिकालाई घर घरमा गएर स्वास्थ्य जाँच, ५ प्रकारका दीर्घरोगीका लागि जीवनमा एक पटक १५ हजार सहयोग, वडा वडामा यो वर्षबाट आभारभूत स्वास्थ्य केन्द्र स्थापनाको सरकारी योजना बनेको सहितका गतिविधि सुनाए । नगर अस्पताल स्थापना, स्वास्थ्य स्वयमसेविकाको अवकास हुँदा ५० हजार प्रदान गर्ने गरेको, नगरलाई अर्गानिक बनाउने योजना घोषणा गरेको, सामुदायिक विद्यालयमा शिक्षा क्षेत्रमा नगरले तलब सहितका कार्यक्रममा टेवा पुर्याएको सहितका गतिविधि प्रस्तुत गरे । उनले नगरलाई सिमसारयुक्त वन पर्यटनको योजना तथा भूटानी शरणार्थी शिविर क्षेत्रमा प्रदेशकै गौरवको बहुसाँस्कृतिक संग्रहालय निर्माणको योजना अघि बढेको पनि बताए ।

नगर उपप्रमुख वास्तोलाले न्याय सम्पादनका क्रममा भएका गतिविधि सुनाउँदै कानूनी सचेतना कार्यक्रम टोल टोलमा लाने योजना रहेको वताइन् । उनले वडा वडामा मेलमिलाप केन्द्र गठन, जनगुनासो सुुनुवाई कार्यक्रम सञ्चालन गरिएको जनाइन् । दुवै नगरले मायाको चिनो आदान प्रदान गरे । म्याङलुङले आफ्नै उत्पादनको ढाकाटोपी र ढाकाको खादा प्रदान गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes