श्रमिक दिवसमा विविध कार्यक्रम - Pahilo Online

श्रमिक दिवसमा विविध कार्यक्रम

writer

बाबुराम मुडियारी

मोरङ  । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विभिन्न कार्यक्रम गरी विराटनगरमा मनाएको थियो ।

विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ ।

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो । यस्तै अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा विरानगरमा अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङले विराटनगर बजार सरसफाई कार्यक्रम गरेर मनाएको छ ।

माओवादी केन्द्र  कोशी ईन्चार्ज हरिबोल गजुरेल   प्रतिनिधि सभा सदस्य/संधिय संसद तथा पूर्व मंन्त्री अमनलाल मोदी,केन्द्रीय सदस्य विराटनगर इन्चार्ज   भोगेन्द्र यादव, जिल्लाका सचिवालय अविनास मण्डल, ,  शारदा मैनाली, चम्पा कार्की , अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज ,गंगा राम थापा,   अखिल नेपाल ट्रेड युनियन   महासंघ  केन्द्रीय उपमहासचिव उपेन्द्र राय, अखिल नेपाल ट्रेड यूनियन महासंघ  मोरङ जिल्ला कमिटी  अध्यक्ष  धर्म लाल माझी लगाएतको आथित्यता र श्रमिकहरूको सहभागितामा   सरसफाइ गरेर दिवस मनाइएको थियो। विराटनगरमा श्रमिकहरूको हक हित सम्बद्ध संघ संगठनहरूले वृहत रूपमा श्रमिकहरूको हक अधिकार राज्यले सुनिश्चितता गर्नु पर्ने कुरामा श्रमिक , अथिति, टेड्र युनियन महासंघ सम्बद्ध प्रतिनिधि हरूको माग र कार्यन्वयनमा जोड रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes