सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारले गरे प्रदर्शन - Pahilo Online

सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारले गरे प्रदर्शन

writer

पहिलो अनलाइन

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिन प्रदेश सरकार र सशस्त्र प्रहरी दिन आलटाल गरेको भन्दै पीडित पत्रकारले प्ले कार्ड सहित प्रदर्शन गरेको छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेश्रो अधिवेशनमा मुख्य मन्त्री केदार कार्की बोल्न लाग्दा पीडित पत्रकारहरुको तर्फ वाट जितेन्द्र ठाकुरले प्ले कार्ड सहित प्रदर्शन गरेका हुन । आधा दर्जन पटक मुख्यमन्त्रीको सचिवालय वाट क्षतिपुर्तिको तथ्याङ्ग लिए पनि हाल सम्म नदिएको भन्दै पत्रकार ठाकुरले कोशीमा डुबेका पत्रकारलाई क्षतिपूती देउ भन्दै प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।
सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाख रुपैयाँ भन्दा बढीको सञ्चार उपकरणहरु काम नलाग्ने भएको थियो ।

सप्तकोशी नदीस्थित पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउन भन्दै सशस्त्र प्रहरीले पत्रकार भेला गरेको थियो । त्यसक्रममा ‘डेमो’ देखाउनुको साटो क्षमताभन्दा बढीलाई डुंगामा चढाएको कारण सप्तकोशीमा दुर्घटना भएको थियो ।

त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा मुख्यमन्त्री केदार कार्कीले नै लिएका थिए । प्रदेश सरकारका जनसम्पर्क अधिकृतसमेत रहेका पत्रकार महासंघ प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले कार्यविधिमा १५ हजार मात्रै क्षतिपूर्ति दिने व्यवस्था रहेकोले त्यसलाई सच्याएर पत्रकारलाई उपचार खर्च र हराएको, बिग्रेको सामान बुझाएअनुसार सोही सामानको मूल्य बराबरको रकम क्षतिपूर्ति उपलब्ध गराइने अश्वासन दिदै आएका थिए । तर हाल सम्म दिने कुनै संकेत नआएकाले आफुले मुख्यमन्त्रीलाई स्मरण गराउन प्लेकार्ड सहित प्रदर्शन गरेको पत्रकार ठाकुरले बताए । दिन भन्दै धेरै नै आलटाल गरेको बुझे पछि स्मरण गरायो ,पत्रकार ठाकुरले भने –‘ अव हरेक कार्यक्रममा स्मरण गराउने नै छु ।‘

पत्रकारहरुलाई सशस्त्र प्रहरीले गाडीमा हालेर लगेको थियो । सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्षतिपूर्ति दिने गरी आफूहरुले सिफारिस गरेको बताउदै आएको छ ।

 

दुर्घटनामा चार पत्रकारसहित ११ जनाको टोली डुबेको थियो । दुर्घटनामा कान्तिपुरकर्मी खतिवडा, साह र पोखरेल तथा पत्रकार कुमोद अधिकारी, जितेन्द्र ठाकुर घाइते भएका थिए । सशस्त्र प्रहरी बलको बराह बाहिनी सुनसरीले सुरु गरेको गोताखोर तालिमको समापनको अवसरमा कृत्रिम अभ्यास गराउने तयारी थियो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा नेपालमा चौथो पटक भएको ‘सिसम–४’ गोताखोर तालिममा दुई जना जनपथ र १८ सशस्त्र प्रहरी गरी जम्मा २० जना जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes