‘हामीले विपन्नहरुलाई निःशुल्क घर निर्माण गरिदिएका छौं’ - Pahilo Online

‘हामीले विपन्नहरुलाई निःशुल्क घर निर्माण गरिदिएका छौं’

writer

पहिलो अनलाइन

आरती अधिकारी (कोषाध्यक्ष) बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह लेटाङ–९ जाँते, मोरङ

वन समूहको आम्दानीको श्रोत के हो ?
यस वन समूहको मुख्य आम्दानीको श्रोत भनेको वन पैदावर, काठ दाउरा विक्रीबाट नै हो । त्यसका साथै कार्यालय वरिपरी रहेको रुद्राक्ष, सुपाडीलगायतबाट पनि आम्दानी गर्ने गरेका छौं । हामीले निरन्तर आम्दानी गर्ने उद्देश्यले २५ सय जति सुपाडीका विरुवा रोपेका छौं ।

वार्षिक रुपमा आएको आम्दानी के के कामको लागि खर्च गर्नुहुन्छ ?
हामीले आम्दानीको २५ प्रतिशत वन विकासमा खर्च गर्दै आएका छौं । त्यस अन्तरगत विरुवा रोपण, घेराबारा, गोडमेल, झाडी सफाई, डढेलो नियन्त्रण जस्ता काम गर्दछौं । बाँकी रहेको ७५ प्रतिशतलाई १०० प्रतिशत मानि ५० प्रतिशत विकास निर्माण सहितको सामाजिक काममा र ५० प्रतिशत महिला शशक्तिकरण, गरिवी निवारण र सामाजिक विकासमा खर्च गर्ने गरेका छौं । जसमा महिलाहरुलाई सिपमुलक तालिम, बाख्रा पाठा वितरण, छोरी बुहारी शिक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरेका छौं ।

सामाजिक क्षेत्रमा कार्यहरु चाहीं केही गर्नु भएको छैन ?
पहिले पहिले चाहीं गाउँघरमा बाटो ग्राभेल, कल्भर्ट निर्माण जस्ता काम सामुदायिक वनले मात्र लगानी गर्ने गरेको थियो । आजकल चाहीं हामीले सामुदायिक वनको कार्यक्षेत्र भित्र नगरपालिकाको सहकार्यमा सडक, कल्भर्ट, पैनी सिंचाई, विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणमा आर्थिक सहयोग गर्दै आएका छौं । स्थानीय धर्म संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले मन्दिर, देवालयहरुलाई सहयोग गर्ने गरिएको छ । त्यसैगरी, मलामी विश्रामालय, लास जलाउने दाउरा र त्यो भण्डारण गर्ने घर निर्माण गर्नुका साथै खेलकुदको विकासमा समेत सहयोग गर्दै आएका छौं ।

गरिवी निवारणलागि के काम गर्नु भयो त ?
यसमा हामीले विपन्न उपभोक्तालाई उपचार खर्च सहयोग, विपन्न उपभोक्ताहरुलाई लक्षित गरी समूहले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरेको छ । विपन्नहरुलाई घर निर्माण गर्न निःशुल्क चिरान काठ हरेक वर्ष वितरण गर्छौं । आय आर्जन बढाउने किसिमका शिप मुलक तालिम, विपन्नलाई रोजगारी समेत दिइरहेका छौं । शौचालय बनाइदिएका छौं ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes