नगरको योजना तथा कार्यक्रमको अनुगमन - Pahilo Online

नगरको योजना तथा कार्यक्रमको अनुगमन

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज दुई वटा योजना तथा कार्यक्रमको अनुगमन गरेको छ ।
पथरी शनिश्चरे वडा नं. २ को सहिद रत्नकुमार वान्तवा मार्ग (कृषि डाँस सडक) र वडा नं. ९ को शनिश्चरे दुर्गा मन्दिर उत्तरबाट जरायोटोल हुँदै सिंहवाहिनी मावि जाने बाटो कालोपत्रेको अनुगमन गरिएको हो ।
योजना÷ कार्यक्रम सञ्चालनमा देखिएका राम्रो कार्यलाई प्रोत्साहन र योजना÷कार्यक्रम सञ्चालनमा देखिएका समस्याहरुलाई तुरुन्त समाधान गर्न निर्देशन समेत दिइएको छ ।
अनुगमनमा नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक दविमाया काफ्ले, नगरका अधिकृत शर दशौं उप–सचिव शालिग्राम काफ्ले, सदस्य सचिव शिव कुमार राई, अनुगमन समितिका सदस्य वीर बहादुर राई र नगरको इन्जिनियर सन्तोष केसीको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes