गर्मीमा उपयोगी पुदिना - Pahilo Online

गर्मीमा उपयोगी पुदिना

writer

पहिलो अनलाइन

पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ । पुदिनालाई गमला तथा क्यारीमा पनि सजिलै हुर्काउन सकिन्छ । सानो ठाउँमा लगाउँदा पनि परिवारको आवश्यकता पूर्ति गर्न सजिलै सकिन्छ ।

कुन कुन समस्यामा काम गर्छ यसले ?

  • पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।
  • पुदिना, तुलसी, अदुवा र मरिचलाई बराबर मात्रामा मिसाएर पानीमा राम्रोसँग उमालेर त्यसको रस नियमित सेवन गर्दा ग्यास्ट्रिकको समस्या जरैदेखि निर्मूल हुन्छ ।
  • पुदिनाको पातको धुलोलाई चिनीसँग मिसाएर खाए पेट दुख्ने समस्यामा राहत मिल्छ ।
  • पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।
  • ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।
  • दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।
  • यसको सेवनले गर्मीको समयमा तराई क्षेत्रमा लाग्ने लू बाट पनि जोगिन सकिन्छ ।
  • शरीरमा घाउ भएमा पुदिनाको पत्ता राम्रो पिसेर लेप बनाई लगाउँदा छिटो निको हुन्छ ।
  • पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै अनुहार चम्किलो पनि हुन्छ ।
  • साना बालबालिकालाई गर्मीका कारण झाडापखाला लागेमा पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुईरदुई चम्चा खुवाउँदा झाडापखाला निको हुन्छ ।
  • पुदिना पिसेर अचार बनाई नियमित खाँदा पेटका धेरै समस्या समाधान हुन्छ ।
  • पुदिनाको २०/२५ वटा पात, मिश्री १० ग्राम, सुप १० ग्राम र मरिचको २(३ दाना मिसाएर राम्रोसँग पिस्ने र त्यसको रस निकालेर मनतातो पानीसँग पिउँदा हिक्का छुट्न बन्द हुन्छ ।
  • पुदिनाको ताजा पातलाई पिसेर अनुहारमा लगाई बीस मिनेटपछि चिसो पानीले अनुहार धुँदा छालाको गर्मी हट्छ र अनुहारमा निखार आउँछ । यसैगरी पुदिनाको लेपमा कागतीको रस मिलाएर यही प्रक्रिया दोर्होयाउँदा अनुहारमा भएका दागधब्बा एवं डन्डीफोर हट्नुका साथै चमक समेत बढ्छ ।
  • पुदिनाको ताजा पात मिचेर सुघाउँदा मूच्र्छा हट्छ । पुदिना र सुठोको क्वाथ बनाएर पिउँदा सर्दी लागेर आएको जरो हट्छ ।
  • मुखको छाला गएको तथा दाँत दुखेको अवस्थामा पुदिनाको पातलाई पानीमा केही बेर उमालेर उक्त पानी सेलाएपछि त्यसले कुल्ला गर्दा आराम मिल्छ ।
  • पुदिनाले सास गन्हाउने समस्यामा लाभदायी हुन्छ तथा यसले मुखको कुनै पनि दुर्गन्ध नाश गर्छ । ताजा पात नपाइएको अवस्थामा त्यसको ठाँड तथा सुकेका पातलाई पनि प्रयोग गर्न सकिन्छ ।
  • पुदिनाबाट बनाइएको पिपरमेन्टले उल्टीसमेत रोक्छ । लो ब्लड प्रेसर तथा मुटुको कमजोरी हटाउन पनि यसले सहयोग गर्छ ।
  • यी बाहेक पनि पुदिनाका थुप्रै फाइदा छन् । आयुर्वेदले पनि पुदिनालाई औषधीय बुटीका रूपमा स्वीकार गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes