यस्ता व्यवहारले मस्तिष्क रोगी बनिन्छ - Pahilo Online

यस्ता व्यवहारले मस्तिष्क रोगी बनिन्छ

writer

पहिलो अनलाइन

आम मानिसको बुझाई छ कि मस्तिष्क रोगी बन्न ठूलै कारण चाहिन्छ । टाउकोमा ठूलो तथा गम्भीर चोट लागेमा, लगातार औषधि सेवन गरेमा, तनाव वा लागूऔषधको प्रयोगका कारण मात्रै मस्तिष्क रोगी हुन्छ भन्ने ठान्छन् । तर, मस्तिष्क रोग बन्ने यति मात्रै कारण छैनन् । मानिसले दैनिक गर्ने सामान्य गल्तीले पनि मस्तिष्क रोगी बनाउन मद्दत गरिरहेको हुन्छ । जानौं ती गल्तीका बारेमा जसले शारीरिक मात्रै नभइ मानसिक रुपमा पनि तपाईंलाई रोगी बनाइरहेको छः–

पर्याप्त निन्द्रा नपुग्नु

दैनिक कम्तिमा ७ घन्टा सुत्ने गरौं । अनिद्राका कारण मस्तिष्कले आराम पाउँदैन । निद्रा नपुगे मस्तिष्कको काम गर्ने क्षमतामा ह्रास आउँछ ।

एक्लै समय बिताउने

धेरै समय एक्लै रहनाले मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ । जसले गर्दा भविष्यमा अल्जाइमरको खतरा बढ्छ ।

जंक फूडको सेवन

जंक फूडमा सोडियमको मात्रा धेरै हुन्छ । जसले मस्तिष्कको न्यूरोन रिसेप्टर्सलाई क्षति पु¥याउन सक्छ । धेरै मात्रामा जंकफूड खानाले द्विविधा उत्पन्न हुने, टाउको दुख्ने र वान्ता हुने जस्ता समस्या देखिन्छ ।

ठूलो आवाजमा गीत सुन्नु

लगातार लामो समयसम्म कानमा इयर फोन वा हेडफोन लगाएर ठूलो आवाजमा गीत सुन्नाले मस्तिष्कको तन्तुहरूमा नराम्रो असर पर्छ । जसले गर्दा अल्जाइमरको सम्भावना बढ्छ ।

क्रियाशिल नहुनु

दिनहुँ शारीरिक क्रियाकलाप वा व्यायाम गरेनौँ भने मधुमेह, मुटु सम्बन्धी रोग र अन्य समस्या पनि हुनसक्छ । जसको असर मस्तिष्कमा पनि पर्नजान्छ ।

अत्यधिक धुमपान गर्नु

धुमपान गर्दा हाम्रो शरीरमा अनेक प्रकारका हानिकारक केमिकल प्रवेश गर्छ । उक्त केमिकलले हाम्रो शरीरको रगतलाई गाढा बनाइदिन्छ । जसले गर्दा मस्तिष्कसम्म रगत पुग्न सक्दैन ।

धेरै खानु

शरिरलाई चाहिने भन्दा धेरै खानाले पनि मस्तिष्कमा असर पर्छ । धेरै खानाले मस्तिष्कको सोच्ने क्षमतामा कमी ल्याउँछ । अँध्यारोमा रहनु प्राकृतिक उज्यालोमा रहनुको सट्टा अँध्यारोमा धेरै समय रहनाले डिप्रेशनको सम्भावना बढ्छ । जसको असर मस्तिष्कमा पर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes