मुखमा अमिलो पानी आउने कारण - Pahilo Online

मुखमा अमिलो पानी आउने कारण

writer

पहिलो अनलाइन

मुखबाट अमिलो पानी आउने समस्या हामी धेरैमा हुनसक्छ । प्राय बिहान उठ्ने बित्तिकै यो समस्या देखिने हुन्छ । मुख्यतः पेटमा रहेको एसिडलगायतका तरल पदार्थ खाना जाने नली हुँदै माथि आएमा यस्तो लक्षण देखिन्छ । स्वस्थ मानिसमा खाना जाने नली र सञ्चय हुने पेटको बीचमा मांसपेशीले कसिलो बनाएको हुन्छ जसले गर्दा एसिड माथि आउन पाउँदैन । तर, कुनै पेटको समस्याले त्यो खुकुलो हुन गएमा एसिड माथि आइ अमिलो पानी आउने समस्या देखिन्छ ।

किन हुन्छ यस्तो समस्या ?

ग्यास्ट्राइटिस, रिफ्लक्स डिजिज अल्सर, खाना नलीको मांशपेशीको समस्या, पित्तथैलीमा ढुङ्गा हुनु वा अन्य पित्तथैलीको समस्या आन्द्राहरु माथि फोक्सोतिर आउने समस्या (डायफ्रामेटिक हर्निया)को कारण यस्तो समस्या हुन्छ ।

अरु लक्षणहरु

वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, दुब्लाउँदै जाने, छाती पोल्ने, निल्न गाह्रो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, दातको रंग बिग्रने

कस्तो बेलामा खतरा हुनसक्छ ?

बान्तामा रगत देखिएमा, दिसा कालो रंगको आएमा, पेट सहनै नसक्नेगरि दुखेमा, तौल धेरै नै घटेमा खतरा हुनसक्छ ।

जाँच कसरी गर्ने ?

के कारणले अमिलो पानी आउने समस्या देखिएको हो भनेर थाहा पाउन अस्पतालमा चिकित्सकको सल्लाह बमोजिम विभिन्न जाँचहरु गराउनुपर्छ । इन्डोस्कोपीबाट ग्यास्ट्राइटिस, अल्सर आदि थाहा पाउन सकिन्छ ।

उपचार के हो ?

चिकित्सकको सल्लाह अनुसार एसिड बन्न कम गर्ने वा बनेको एसिडको असरलाई न्यूनीकरण गर्ने विभिन्न औषधिहरुको सेवन गर्न सकिन्छ । थोरैमा कुनै किसिमको शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ । एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान दिनुपर्छ ।

कस्तो सावधानी अपनाउने ?

तौल घटाउने रक्सी, चुरोट आदि सेवन नगर्ने, अमिलो, पिरो खानेकुरा सकेसम्म नखाने, चिया, कफी पिउन कम गर्ने, भोकै खालीपेट नबस्ने, एकैचोटि धेरै भन्दा थोरै–थोरै धेरैपटक खाने, सकेसम्म घोप्टो परेर नसुत्ने र नबस्ने, सुत्नु करिब ३ घन्टा अगाडि नै खाना खाने, सुत्दा टाउकोलाई तकियाले थोरै माथि उठाउने ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes