गुटको राजनीति त्याग्न कोइरालाको आग्रह - Pahilo Online

गुटको राजनीति त्याग्न कोइरालाको आग्रह

writer

पहिलो अनलाइन

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीका आम कार्यक्रर्तालाई गुटको राजनीति तत्कालै त्यागेर पार्टी संगठनमा लाग्न आग्रह गर्नुभएको छ ।

‘गुटको राजनीति सबैले छोडनुस् अनि कांग्रेस बलियोे भएर जान्छ’, बुधबार मोरङको सुन्दर हरंैचामा आयोजित सभामा बोल्दै डा कोइरालाले भन्नुभयो, ‘यस्तै स्थिति रहँदै गयो भने पार्टी इतिहासकै कमजोर बन्छ ।’

पार्टी सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेपाल विद्यार्थी संघका कार्यकर्ताले काठमाडौको सुन्दरिजलमा बुधबार आयोजना गरेको छुट्टा÷छुट्टै भेलालाई लक्षित गर्दै डा.कोइरालाले पार्टीमा देखिएको चरम गुटबन्दी भातृ संगठनमा आएर छताछुल्ल भएको बताउनुभयो ।

नेविसंघको एउटै कार्यक्रम एकै स्थानमा दुई गुटले चलाए । पार्टीलाई विधि, विधान अनुसार चलाउन नसक्दा यो परिस्थितिको सिर्जना भएको उहाँको भनाइ छ । विधि र विधानअनुसार पार्टी संचालन गर्न गुटको अन्त्य गर्न तत्कालै जिल्ला सभापति र महासमितिको भेला डाक्नुपर्ने उहाँको सुझाव छ ।

सभापति देउवाले पार्टीमा गुट चलाएको आरोप डा.कोइरालाले लगाउनुभयो । ‘सभापतिजी पार्टीलाई तदर्थ समितिमै अझै चलाउन खोज्दै हुनुहुन्छ’, डा.कोइरालाले भन्नुभयो, ‘देउवाजीको त्यो सपना कुनै पनि हालतमा पुरा हुन दिनेछैनौं ।’ देश संघीयतमा गइसकेको र गाउँ, नगर, जिल्ला प्रदेशको संरचना पार्टीभित्र गठन गर्नुपर्ने अवस्थमा भएकोले पुरानो विधि र शासनमा चल्न नसक्ने उहाँको ठोकुवा थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes