जिससको पुरै भवन संसदलाई - Pahilo Online

जिससको पुरै भवन संसदलाई

writer

पहिलो अनलाइन

विराटनगर । लामो विवाद र बहसपछि जिल्ला समन्वय समितिले १ नं. प्रदेशसभा सचिवालयका लागि आफ्नो मुख्य प्रशासनिक भवन पुरै हस्तान्तरण गर्ने भएको छ ।

चार महिनादेखि प्रदेश संसद सचिवालय र जिल्ला समवन्य समितिको कार्यालय एउटै भवनमा सञ्चालन हुँदै आएकोमा अब समन्वय समिति सो भवनबाट बाहिरिने भएको हो ।

एउटै भवनमा २ वटा कार्यालय सञ्चालन हुँदा सुरक्षा चुनौति थपिने र प्रदेशसभाको लागि आवश्यक कोठा अभाब भइरहेको बेला समन्वय समितिले पुरै भवन प्रदेशसभालाई दिने भएको हो । तीन तले भवनको सबैभन्दा तल्लो तलामा प्रदेश सभा सचिवायलय र उत्तरतर्फको हलमा प्रदेशसभा बैठक सञ्चालन हुँदै आएकोमा अब तीनवटै तला प्रदेशसभाले प्रयोग गर्नेछ ।

जिल्ला समन्वय समितिका प्रमुख नरेशप्रसाद पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी प्रदेशसभा सहज रुपमा सञ्चालन गर्न प्रमुख प्रशासनिक भवन खाली गर्ने निर्णय गरेको जानकारी दिनुभयो । अस्थायी राजधानीलाई स्थायी बनाउनका लागि प्रदेश सभा र सचिवालयलाई आवश्यक पर्ने भवन छाडेर समन्वय समिति पुरानो प्राबिधिक कार्यालय रहेको भवनमा सर्ने उहाँको भनाइ छ ।

समन्वय समितिले मुख्य भवन १५ दिनभित्र खाली गर्ने र त्यसपछि प्रदेशसभा सचिवालय तथा समन्वय समितिलाई कम्पाउण्डवाल लगाएर अलग गर्ने सहमति भएको छ । त्यसपछि समन्वय समितिमा जाने गेटसमेत छुट्टै बन्नेछ । समन्वय समितिले कार्यालय सार्दा अहिले रहेका सबै फर्निचरहरु पनि संसद सचिबालयलाई नै दिने भएको छ ।

प्रदेश सरकारले समन्वय समितिको कार्यालय व्यवस्थानका लागि खर्च भने व्यहोर्ने भएको छ । समन्वय समितिका प्रमुख पोखरेलले समन्वय समितिको लागि उपयुक्त विकल्प दिएमा आपूmहरु अन्यत्र पनि सर्न तयार रहेको बताउनुभयो । त्यसको लागि नेशनल ट्रेडिङको भवन र जग्गा उपयुक्त हुने आफ्नो प्रस्ताव रहेको उहाँको भनाइ छ ।

प्रदेशसभा सञ्चालनको लागि कोठा अभाब हुँदा संसदीय दलका कार्यालयसमेत खुल्न सकेका छनैन् । संसदमा प्रमुख प्रतिपक्षी दलका नेता बाहेक अन्य दलका नेताहरुले कोठासमेत पाएका छैनन् । अब त्यो समस्या हट्ने प्रदेश सचिवालयका सचिव केदार प्रसाद पनेरुले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes