काँचै खान नहुने खानेकुरा - Pahilo Online

काँचै खान नहुने खानेकुरा

writer

पहिलो अनलाइन

केहि खानेकुरा यस्ता हुन्छन् जसलाई काँचो खानाले हाम्रो स्वास्थ्यलाई हानी पु¥याउन सक्छ । त्यस्ता खानेकुरामा प्राकृतिक विष पाइन्छ जुन हामीलाई थाहा हुँदैन र त्यसलाई पचाउन पनि निकै गाह्रो हुन्छ । डाइटिशनहरुका अनुसार केहि यस्ता खानेकुरा जुन खानाले पेट दुख्ने समस्या सुरु हुन्छ र त्यसबाट टाढै बस्नु पर्छ । जानौँ कुन खानेकुरा काँचै खानु हुँदैन…

दूध

दूधलाई नउमालिकन कहिल्यै पिउनु हुँदैन । काँचो दूधमा धेरै प्रकारका रोग लाग्ने ब्याक्टेरियाहरु पाइन्छ । जसले गर्दा काँचो दूध पिउनाले तपाई विभिन्न रोगको शिकार बन्ने खतरा हुन्छ ।

अन्डा

अन्डालाई पनि काँचै खाने गर्नु भएको छ भने अब सावधान हुनु्स् । काँचो अन्डा स्वास्थ्यको लागि हानिकारक हुन्छ । काँचो अन्डा प्रयोग भएको कुनै पनि खानेकुरा नखानु नै स्वास्थ्यको लागि राम्रो हुन्छ ।

मह

अध्ययनका अनुसार मह चाकाबाट निकालेर यत्तिकै खानु हुँदैन । किनभने कतिपय चाकामा नै ग्रेयानोटक्सिन नामक तत्व पाईन्छ जसको सेवनले शिथिलता र कमजोरी हुने खतरा बढ्छ । त्यसैले चाकाको महलाई राम्रो सँग प्रशोधित गरेर मात्रै खानुपर्छ ।

जाइफल

जाइफलको धेरै सेवन गर्नाले स्वास्थ्यमा नोक्सान पुग्नसक्छ । जायफलको प्रयोग ५ ग्राम मात्रै उपयोग गर्नु राम्रो हुन्छ । तर, जाइफल काँचो भने खानु हुँदैन ।

राजमा

राजमा लोकप्रिय गेडागुडीमध्येको एक हो । तर, राजमा कहिल्यै पनि काँचो खानु हुँदैन । यसले पेट सँग सम्बन्धीत रोगहरु लाग्नसक्छ । राजमामा ल्याक्टिन र कलप्रिट नामक एसिड पाइन्छ जुन पेटको लागि हानिकारक हुन्छ । राजमालाई कम्तिमा पनि ५ घण्टा पानीमा भिजाएर राम्रोसँग उमालेर मात्रै खानुपर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes