स्वस्थ रहन अचुक अस्त्र हाँसो - Pahilo Online

स्वस्थ रहन अचुक अस्त्र हाँसो

writer

पहिलो अनलाइन

हाँस्नका लागि पैसा लाग्दैन । हाँसो सापटी लिनुपर्ने जिनिस पनि होइन । न हाँस्नुको लागि पूर्व तयारी नै गर्नुपर्छ, न कुनै बन्दोबस्ती । हाँस्नु नितान्त हाम्रो अधिनको कुरा हो । हाम्रो रुचीको कुरा हो । प्राकृतिक कुरा हो । तर, हामी हाँस्नु कञ्जुस गर्छौं । मानौ मस्त हाँस्दा हाम्रो खल्ती रित्तिन्छ । त्यही कारण अहिले हाँसो दुर्लभ बन्दै गएको छ ।

हाँस्नुको फाइदा सुन्नुभयो भने, पक्कैपनि तपाईले हाँस्नका लागि कन्जुस्याँई गर्नुहुने छैन । हाँसोले व्यक्तिको रिस नियन्त्रण गर्नुका साथै व्यक्तिको सुन्दरता समेत बढाउने गर्छ । त्यसैगरी यसले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट समेत टाढा राख्न मद्दत गर्छ । एक अनुसन्धानहरुले जनाए अनुसार व्यक्ति दिनमा १३ पटकसम्म हाँस्ने गर्छ ।

हाँसोले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई ध्यानमा रहेर नै अहिले विश्वका सयौं देशहरुमा लाफ्टर क्लबको निर्माण हुँदै आएको छ । त्यसबाहेक पनि हाँसोले शरीरमा यस्ता फाइदाहरु पु¥याउँछन्, जुन यस प्रकार छः

  • हाँसोको फाइदा
    – हाँसोले तनाव तथा डिप्रेसन कम हुने गर्छ ।
    – हाँसोले प्राकृतिक रूपमा पेनकिलरको रूपमा काम गर्छ, जसका कारण दुखाइ कम हुने गर्छ ।
    – शरीरमा अक्सिजन प्रवाह गर्दछ ।
    – रिसलाई नियन्त्रण गर्छ ।
    – शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
    – सुन्दर अनुहारका लागि हाँसो निकै लाभदायक मानिन्छ ।
    – व्यक्तिको आत्मविश्वास बढ्छ ।
    – व्यक्तिमा सकारात्मक सोचको विकास गर्छ ।
    – व्यक्तिलाई निराश हुन दिँदैन ।
    – व्यक्तिमा साँचो बोल्ने तथा चित्त नबुझेको कुरा भन्ने क्षमता विकास हुन्छ ।
    – रक्तसञ्चार राम्रो गराउँछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes