यी हुन् खराब कोलेस्टेरोल घटाउने ६ खाना - Pahilo Online

यी हुन् खराब कोलेस्टेरोल घटाउने ६ खाना

writer

पहिलो अनलाइन

कोलेस्टेरोल मुटु रोगको एउटा कारण हो । नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ । यसलाई नियन्त्रित गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । केही खानाले कोलेस्टेरोललाई नियन्त्रित राख्न सहयोग गर्छ र त्यस्ता खानाको साइडइफेक्ट पनि हुँदैंन ।

१. ओखर

ओखरमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ । यसले शरीरको सूजन पनि निको पार्छ, जसबाट शरीरमा रक्तसन्चार प्रक्रियामा सुधार हुन्छ । ओखरमा ओमेगा ३ का अलावा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचूरमात्रामा पाइन्छ ।

२. ओलिभ आयल

यो तेल मोनोस्याचुरेटेड फ्याटको सबैभन्दा राम्रो स्रोत हो । यसले पनि शरीरको सूजन कम गर्न सहयोग गर्छ र कोलेस्टेरोलको लेभल पनि कम गर्छ । यदि मुटुका लागि स्वस्थकर खानाको बारेमा चिन्तित हुनुहुन्छ भने ओलिभ आयल सेवन महत्वपूर्ण हुन्छ । यसलाई खाना पकाउने हिसाबले मात्र होइन, सलादको रुपमा पनि खान सकिन्छ ।

३. रेडवाइन

मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर वैज्ञानिक अनुसन्धानले रेड वाइनले कोलेस्टेरोल नियन्त्रणमा मद्धत गर्छ भन्ने देखिएको छ । रेडवाइन एक विशेषप्रकारको अंगुरबाट बनेको हुन्छ, जसलाई टेम्प्रानिलो रेड ग्रेप नामले चिनिन्छ । यसले कोलेस्टेरोल लेभललाई घटाउँछ । यसका लागि राति एक ग्लास वाइन पिउन सकिन्छ । तर, त्यो भन्दा धेरै पिएमा भने त्यसले उल्टो असर गर्नेछ ।

४. सुन्तलाको जुस

सुन्तलाको जुस पनि कोलेस्टेरोल नियन्त्रण गर्ने विशेष प्रकारको सुपरफुड हो । सुन्तलाको जुसलाई बिहान ब्रेकफास्टमा लिन सकिन्छ । यो भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । यसका अलावा यसमा म्याग्नेसियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन ए र पोटासियम भरपूर मात्रामा पाइन्छ । एक अनुसन्धानअनुसार सुन्तलाको जुस नियमित रुपमा पिउनाले कोलेस्टेरोलको लेभललाई नियन्त्रित गर्न सकिन्छ ।

५. डार्क चकलेट

डार्क चकलेटमा हुने एन्टिअक्सिडेन्टले कोलेस्टेरोल नियन्त्रण गर्न सघाउ पु¥याउँछ । सानडियागो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले डार्क चकलेटले ब्लड सुगर र खराब कोलेस्टेरोल घटाउन सकारात्मक प्रभाव पारेको फेला पारेका थिए । यसले असल कोलेस्टेरोल बढाउन पनि भूमिका खेल्छ । यसका साथै यसले छाला स्वस्थ राख्न मद्धत गर्ने, दिमाग चुस्त पार्ने, रक्तसन्चार नियमित गर्ने, दृष्टि सुधार गर्नेलगायतका फाइदा रहेको पत्ता लगाएका थिए ।

६. ग्रीन टी

ग्रीन टीमा हुने एन्टिअक्सिडेन्ट तत्व कोलेस्टेरोल घटाउन उपयोगी हुन्छ । अमेरिकन डाइटेटिक एशोसियनको जर्नलमा प्रकाशित अनुसन्धानअनुसार ग्रीन टी नियमित रुपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्टेरोलको स्तर निकै कम रहेको पाइएको छ । ग्रीन टीले ५ देखि ६ अंकसम्म कोलेस्टेरोलको कूल मात्रा र एलडीएल स्तर कम गर्न सहयोग गर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes