समृद्धिको बाटोमा मुलुकः नेम्बाङ - Pahilo Online

समृद्धिको बाटोमा मुलुकः नेम्बाङ

writer

पहिलो अनलाइन

धरान । तीन चरणकै निर्वाचन समपन्न भएपछि मुलुक सम्बृद्धितर्फ अघि बढेको पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ्गले बताउनु भएको छ ।

नेकपा एमालेको संसदीय दलका उपनेतासमेत रहनुभएका नेता नेम्बाङ्गले इलाम र धरानको संयुक्त आयोजना भएको तीन दिने इलाम टि एक्स्पो ०७५ को बुधबार धरानमा उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

निर्वाचन सम्पन्न भएसँगै जनतासँग गरेको प्रतिवद्धता अब सरकारले इमान्दारीपूर्वक पूरा गर्ने बताउँदै नेम्बाङले अबको सरकारको मुख्य उद्देश्य विकास र समृद्धि रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधानसभाका ९० प्रतिशतले स्वीकारेर बनाएको संविधान निर्वाचनसँगै संस्थागत भएकोले अब समृद्धिको यात्रामा सबै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

यो संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताउँदै यसलाई परिमार्जन गर्दै लान सकिने स्पष्ट पार्नुभयो । फरक प्रसंगमा नेता नेम्बाङ्गले ढिलै भएपनि धरान र इलामले भगिनी सम्बन्ध कायम गरी सम्बृद्ध सहरको परिकल्पना गरेको उल्लेख गर्नुभयो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सवालमा सकारात्मक छलफल र बहस अगाडि बढेकाले सबैलाई छिट्टै पार्टी एकता हुने पनि नेम्बाङले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes