वैशाख २२ मा पार्टी एकता : प्रचण्ड - Pahilo Online

वैशाख २२ मा पार्टी एकता : प्रचण्ड

writer

पहिलो अनलाइन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख २२ गते एमाले र माओवादीको पार्टी एकीकरण हुन सक्ने संकेत दिनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा गरिएको एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकताको अभियान अन्तिम चरणमा पुगेको बताउनु भयो । ‘२२ गते माक्र्सको द्विशतवार्षिकी मनाउँदै छौं,’ उहाँले भन्नुभयो, ‘सोही दिन केही न केही प्रगति अवश्य देखिने छ ।’

उहाँले अहिले पार्टी एकीकरणको एजेन्डाबाट पछि हट्ने अवस्था नरहेको समेत बताउनु भएको छ । पार्टी एकताको विषय अवसर भएकोले यो अवसरबाट पछि हट्न नहुने समेत उहाँले बताउनु भये । ‘हामी एकताभन्दा बाहिर कल्पना पनि गर्न सक्दैनौं,’ उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टी एकता गर्ने, राजनीतिक स्थायीत्व कायम गर्ने र विकास निर्माणमा अघि बढ्ने हाम्रो एजेन्डा हो ।’

उहाँले समाजवादको आधार निर्माण गरेर अघि बढ्नुपर्ने समेत बताउनु भयो । पार्टी एकता गरेर नेपालमा मात्रै होइन विश्वमा समेत सन्देश दिन खोजेको प्रचण्डको भनाइ थियो ।

कार्यक्रममा उपस्थित भएका विश्व ट्रेड युनियन महासंघका अध्यक्षलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरू साउथ अफ्रिकाको कम्युनिस्ट आन्दोलनबाट निकै प्रभावित भएको र सम्वृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको समेत बताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes