मोदीलाई २८ गते जनकपुरमा प्रधानमन्त्री ओलीले स्वागत गर्ने - Pahilo Online

मोदीलाई २८ गते जनकपुरमा प्रधानमन्त्री ओलीले स्वागत गर्ने

writer

पहिलो अनलाइन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने भएको छ । २८ गते बिहान जनकपुरमा उत्रने मोदीलाई प्रधानमन्त्री केपीशर्मा ओलीले स्वागत गर्ने बताइएको छ ।

धार्मिक र सांस्कृतिक भ्रणमा नेपाल आउने मोदीले जनकपुरमा जानकी मन्दिरको पूजाअर्चना गर्ने कार्याक्रम छ । जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम छ । मोदीको नेपाल भ्रमणमा कुनै राजनीतिक सम्झौता नहुने गृहमन्त्री रामबहादुर थापाले बताउनु भएको छ ।

जनकपुरधामपछि मोदी मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । वैशाख २८ को विहानै विशेष विमानमार्फत नेपाल आउन लाग्नु भएका मोदीले नेपालमा छँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विपक्षी एवं मधेसी दलका नेतालाई भेट्ने कार्यतालिका छ ।

जनकपुरधाम सिंगारिँदै

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने भएपछि जनकपुर सिंगार्न सुरु गरिएको छ । प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रदेश सरकारले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

मोदीको भ्रमणलाई सभ्य र भव्य बनाउनका लागि विभिन्न तयारीलाई तीव्रता दिँदै साजसज्जाको कामहरु पनि गरिँदैछ । प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । संयोजक सोनलले प्रत्येक जिल्लाको ‘कमान्ड’ सम्हाल्ने गरी जिम्मेवारी तोक्नु भएको छ । मोदीको भ्रमण तालिका भने हालसम्म औपचारिक रुपमा सार्वजनिक भएको छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes