सुत्नुअघि नुहाउँदा हुने ७ फाइदा - Pahilo Online

सुत्नुअघि नुहाउँदा हुने ७ फाइदा

writer

पहिलो अनलाइन

दिनभरको थकानपछि रातको समयमा राम्रो निद्रा निकै आवश्यक छ । तर धेरै थकानले पनि निद्रा खल्बलिन सक्छ । यस्तो अवस्थामा राम्रोसँग निद्रा चाहिन्छ । निद्रा कसरी राम्रो बनाउने, थाहा पाउनुस् ।

तातोपानीले नुहाउँदा रक्तसञ्चार सुरुमा केही बढी हुन्छ, तर पछि मन्द हुन्छ । तर चिसो पानीले नुहाउँदा रक्तसञ्चार सुरुमा मन्द र पछि केही बढी हुन्छ । त्यसैले चिसो पानीले नुहाउनु अझ राम्रो हुन्छ । आयुर्वेदका अनुसार पनि चिसो पानीले दिमागलाई ठण्डा बनाएर राख्न मद्धत गर्छ । यदि दिन चिसो पानीले नुहाएर सुरु हुन्छ भने दिनभर नै ताजा महसुस हुन्छ । यसका अलावा शारीरिक सौन्दर्य पनि कायम रहन्छ ।

राती सुत्नुभन्दा एक घण्टा अघि नुहाउनुका धेरै फाइदा छन् । तर, तपाइलाई चिसो अत्याधिक लाग्छ भने तातो पानीले नुहाउन सकिन्छ ।

१. राम्रो निन्द्रा पर्छ :  राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निद्रा लाग्छ । नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसँग निद्रा लाग्छ । साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ । सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान ठीक रहन्छ । तातो पानीले नुहाउनु हुन्छ भने पनि फाइदा नै गर्छ । तातो पानीले मांसपेशीलाई आराम दिन्छ ।

२. मोटोपना कम हुन्छ :  शरीरमा दुई खालको चिल्लो हुन्छ । पहिलो– ह्वाइट फ्याट, यो शरीरका लागि हानिकारक हुन्छ भने अर्को ब्राउन फ्याट शरीरका लागि फाइदाजनक हुन्छ । ह्वाइट फ्याट खानाबाट प्राप्त हुन्छ र शरीरको कयौं भागमा जम्मा हुन्छ । विज्ञका अनुसार जब हामी चिसो या तातो पानीले नुहाउँछौं, क्यालोरी खपत हुन्छ र सजिलै तौल कम गर्न सक्छौं ।
३. छालामा आउँछ चमक : छाला विशेषज्ञका अनुसार चिसो पानीले नुहाउनाले कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ । यदि तपाईं डन्डिफोरबाट पीडित हुनुहुन्छ भने चिसो पानीले नुहाउनुपर्छ । यसबाट छाला रुखो हुनबाट बच्छ । तातो पानीले छालाको रोमछिद्र खुल्छ ।

४. प्रतिरोधी क्षमता बढ्छ :  चिसोपानीले शरीरलाई पनि सुदृढ बनाउँछ । चिसो पानीले नुहाउनले रोगप्रतिरोधी क्षमता बढ्छ । रक्त सन्चार राम्रो हुन्छ । रोगप्रतिरोधी बढ्दा शरीरमा सेतो रक्तकोषिका पनि बढ्छन् । यसबाट धेरै रोगबाट लड्न मद्दत हुन्छ र बिरामी हुनेसम्भावना पनि कम हुन्छ । तातो पानीले नुहाउँदा माइग्रेनको समस्या पनि हट्छ ।

५. मुड फ्रेस हुन्छ :  एक अध्ययनले नुहाउँदा मुड फ्रेस हुने देखाएको छ । अल्छिपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो । चिसो पानीले नुहाउँदा मुटुको चाल बढ्छ र शरीरको रक्तसन्चार पनि बढ्छ । यसबाट ताजा महसुस गर्न सकिन्छ ।

६. उच्च रक्तचापमा कमी :  ज्वरो आएको समयमा तातोपानीले नुहाउँदा पसिना आउछ र शरीर चाँडै चिसो हुन्छ । तातोपानीले साइनस र रुघाबाट पनि आराम मिल्छ । तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाउनाले उच्च रक्तचापमा कमी आउँछ ।

७. ब्लड सुगरमा नियन्त्रण :  अमेरिकन डाइबिटिक एशोसियसनका अनुसार तातोपानीमा नुहाउनले ब्लड सुगरको स्तर कम हुन्छ । यसले टाइप टु डाइबिटिजबाट पीडितलाई फाइदा हुन्छ । तातोपानीले रक्तसञ्चार बढ्छ र सुगरको स्तर नियन्त्रण हुन्छ । यसले राती राम्रो निद्रा पनि आउँछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes