विराटनगर । विराटनगर ८ मा रहेको अमर सेवा समितिको सभाहलमा योग शिविर सुरु भएको छ । शिविरको प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभयो ।
योग र ध्यानलाई संस्थागत गर्दै मानव स्वास्थलाई सबल बनाउन आन्तरिक सामथ्र्यको विकास गर्नका लागि ‘योग गरौं निरोग रहौं’ भन्ने नाराका साथ शिविर सुरु गरिएको हो ।
पतञ्जली योग समिति विराटनगर मोरङले विराटनगर महानगरपालिकालाई योगमय बनाउने अभियानकोे क्रममा शिविर संचालनमा ल्याएको जनाएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने यस्ता कार्यक्रममा राज्यले सहयोग गर्ने वचन दिनुभयो ।