गर्मीमा कति पिउने पानी ? - Pahilo Online

गर्मीमा कति पिउने पानी ?

writer

पहिलो अनलाइन

पानी मानिसको शरीरका लागि जरुरी तत्व हो । शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ । यो कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन । यसका अलावा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त हुँदैंन । यसैले गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्छ । । गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ । गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो मौसममा पानी अझ बढी आवश्यक हुन्छ । पानीको कमीका कारण मिर्गौलाको समस्या निम्तने सम्भावना हुन्छ । सबैभन्दा बढी समस्याचाहिँ ‘डिहाइड्रेशन’ नै हो ।

पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या निम्तन्छन् । यतिमात्र नभई प्रतिदिन व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्छ । यस्ता मानिसका लागि पानीको कमी हानिकारक हुन सक्छ । यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपर्छ । दिनको ८ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट सजिलै बँच्न सकिन्छ ।

कतिपय मानिस पानीको साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडा जस्ता पेयपदार्थ पिउँछन् । तर तरल पदार्थ भएपनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छन् । यी चिज पिउँदा पनि डिहाइड्रेशन हुन सक्छ । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने तथा चिजलाई सन्तुलिन गर्ने क्षमता र रक्तसन्चारआदिमा कमी आउन सक्छ । मदिरा पिउने व्यक्तिलाई पनि डिहाइड्रेशन हुन सक्छ ।

पानी कहिले र कति पिउने ?

पानी खाना खानु आधा घण्टा अघि या खाना खाएको आधा घण्टापछि पिउनुपर्छ । गर्मीबाट आउनेबित्तिकै पानी पिउँनुहुन्न, केहीबेर आराम गरेपछिमात्र पिउन सकिन्छ । यदि छाति पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउन सकिन्छ । खाना खाएलगत्तै पानी पिउनुहुन्न, यसले खाना पचाउन समस्या हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ । पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मुत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ ।

डिहाइड्रेशन हुँदा के गर्ने ?

डिहाइड्रेशन हुँदा बान्ता हुने, जिब्रो सुक्ने, श्वास लिन गा¥हो हुने, चिडचिडाहट हुनेजस्ता समस्या हुन्छ । यदि यस्तो हुन्छ भने पानीमा अलिकता नुन र चिनी मिसाएर तत्काल पिउनुपर्छ । काँचो दूधको लस्सी बनाएर पनि पिउन सकिन्छ । महीमा नुन हालेर पिउनाले पनि यो समस्याबाट राहत पाउन सकिन्छ ।

यस्तै, नरिवलको पानीले पनि यस्तो अवस्थामा फाइदा गर्छ । गर्मी मौसममा अधिक व्यायाम गर्ने या जिम जाने तथा बढी व्यस्त हुने मानिसलाई डिहाइड्रेशनको समस्या हुन्छ । यस्ता मानिसले पानी पिउने क्रमलाई बढाउनुपर्छ ।

पानीको विकल्प

विभिन्न फलफूल तथा तरकारीलाई पनि पानीको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । काँक्रोमा शरीरका लागि जरुरी भिटामिन र खनिज पदार्थका अलावा पानीको मात्रा पनि अधिक हुन्छ । यसमा ९६ प्रतिशतभन्दा बढी पानी हुन्छ । जसको उपयोगले शरीर हाइड्रेट रहन्छ । यस्तै, पालुंगोमा पनि ९१ प्रतिशत पानी हुन्छ । पालुंगोमा आइरन र म्याग्नेसियमको मात्रा प्रचुर हुन्छ, जसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ । स्टार फ्रुटमा पानी करिब ९१ प्रतिशत हुन्छ । स्वादमा अलिक अमिलो हुने यो फलका एन्टीअक्सिडेन्ट र भिटामिन सी प्रमुख रुपमा पाइन्छ ।

गोलभेंडामा ९४.३ प्रतिशत पानी हुन्छ । यसमा भिटामिन सी र आइरन हुन्छ, जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । यस्तै क्यान्सरसंग लड्ने कयौं प्रकारका एन्टीअक्सिडेन्ट पनि हुन्छन् । यसैगरी, गर्मीमा लोकप्रिय फल मानिने खरबुजामा पनि पर्याप्त पानी पाइन्छ । यसमा ९२ प्रतिशत पानी हुन्छ । यसले शरीरको प्रतिरोधी क्षमता कायम राख्न मद्धत गर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes