भारतीय प्रधानमन्त्री जेठ ११ गते नेपाल आउने तयारी - Pahilo Online

भारतीय प्रधानमन्त्री जेठ ११ गते नेपाल आउने तयारी

भ्रमणका क्रममा जनकपुर पनि जाने

writer

पहिलो अनलाइन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने गरी भ्रमणको तयारी सुरु भएको छ । आगामी मे २५ मा मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही दिन यताउता हुन सक्ने सरकारी अधिकारीले बताएका छन् । हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८) मै नेपाल भ्रमणमा आउने समाचार लेखेको छ । तर, परराष्ट्रका अधिकारी भने मे ११ मा नभई मे २५ मा मोदीको भ्रमणको तयारी भइरहेको बताउँछन् । स्रोतका अनुसार, मे २० देखि २५ वीचमा भ्रमणको मिति तय हुन सक्छ । मोदीको समयको चापलाई हेरेर मिति तय गर्ने गृहकार्य भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको भ्रमण गरेका थिए । सोहीले प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो देखिएका थिए । भारतीय पक्षले निम्तोलाई स्वीकार्दै भ्रमणको मिति आपसी समझदारीमा तय गर्ने जानकारी दिएका थियो ।

नेपाल भ्रमणका क्रममा मोदीले जनकपुरधामसमेत भ्रमण गर्ने गरी तयारी भइरहेको स्रोतले बताएको छ । भारतीय प्रधानमन्त्री मोदी सन् २०१४ मा सार्क बैठकका बेला नेपाल आएका थिए । त्यसबेला उनले धार्मिक महत्वको जनकपुरधामस्थित रामजानकी मन्दिरको दर्शन गर्ने बताइएको थियो । तर, सो भ्रमण स्थगन भएको थियो ।

मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ । पहिलोचोटी नेपाल आउँदा मोदीले संसदमा गरेको भाषण र गौशालामा गाडीबाट ओर्लेर सर्वसाधारणसँग हात मिलाएपछि उनलाई नेपालीले प्रशंशा गरेका थिए ।

दोस्रोपटकको भ्रमणमा नेपालको संविधान र मधेस मामिलाबारे दिएको अभिव्यक्तिले मोदी आलोचित बनेका थिए । यसपटकको भ्रमण केपी ओलीको प्रधानमन्त्रित्व कालमा हुन लागेको छ । यसपालि नेपाल आएका बेला मोदीले ठूलो रकमको सहयोग घोषणा गर्ने सम्भावना रहेको स्रोतले बताएको छ । यसका साथै अरुण तेस्रो जलविद्युत आयोजनाको उदघाटन गर्न समेत भारतीय प्रधानमन्त्री मोदीले ईच्छा प्रकट गर्दै आएका छन् ।

अनलाइनखबरबाट

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes