नेकपा स्थापना दिवस एमाले–माओवादीले सँगै मनाउने - Pahilo Online

नेकपा स्थापना दिवस एमाले–माओवादीले सँगै मनाउने

writer

पहिलो अनलाइन

काठमाडौ । नेकपा स्थापना दिवसको अवसरमा पार्टी एकताको घोषणा गर्ने तयारी गरिरहेका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले नेकपाको स्थापना दिवस भने सँगै मनाउने भएका छन् ।

कार्यक्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तालाई संयुक्तरूपमा सम्बोधन गर्ने छन् । पार्टी एकता संयोजन समितिले स्थापना दिवसको कार्यक्रम राष्ट्रिय सभागृहमा दिनको १२ बजे कार्यक्रमको आयोजना गरेको छ ।

यस अघि दुई कार्यदलले संयोजन समितिलाई एकताको लागि वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएका थिए । दुई अध्यक्षबीच पटकपटक पार्टी एकताको विषयमा छलफल भइरहेपनि ठोस सहमति भने जुट्न सकेको छैन ।

एकीकृत पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्वलगायतका विषयमा कुरा नमिल्दा आइतबार गर्ने भनिएको एकता घोषणा टरेको छ । माओवादी केन्द्रले बराबरी हैसियतमा एकता हुनुपर्ने बताउँदै आएको छ । एमालेले आफू ठूलो दल भएकाले त्यसलाई स्वीकार्न नसकिने अडान राख्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes