फुट्यो राजपा नेपाल - Pahilo Online

फुट्यो राजपा नेपाल

writer

पहिलो अनलाइन

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ। राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरू राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन्। उक्त पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको जानकारी दिइएको छ।

तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव रहेका छन्। त्यस्तै महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरूमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रिय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन्।

मधेशी जनताको मुल एजेण्डा संविधान संशोधनमा राजपाले कुनै भूमिका नखेलेको बरु सत्तामा जानमात्रै हतार गरेकोले आफूहरुले बाध्य भएर पार्टी फुटाएको संयोजक यादवको बताए। अध्यक्ष मण्डलका ६ जनाले राजपाको मुल मुद्दा बिर्सिएको आरोप समेत उनले लगाए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes