शंख बजाउँदा हुने फाइदा - Pahilo Online

शंख बजाउँदा हुने फाइदा

writer

पहिलो अनलाइन

हिन्दू धर्ममा कैयांै प्रकारका धार्मिक तौरतरिका छन्, जसको हाम्रो जीवनमा गहिरो महत्व छ । कतिपय यस्ता कार्यका पछाडि वैज्ञानिक कारण पनि छन् । प्राचीन परम्परा हाम्रो स्वास्थ्य राम्रो बनाउन बनाइएको पाइन्छ । यस्तै एक परम्परा हो शंख बजाउनु । हिन्दू धर्ममा शंखको महत्वपूर्ण स्थान छ । शंख राख्दा नकारात्मक उर्जा आउँदैन र नराम्रो शक्ति टाढा भाग्छ । आयुर्वेदमा शंख निकै लाभदायी मानिन्छ । शंख बजाउनाले मूत्राशय, पेटको तल्लो भाग, छाति र गर्धनको मांसपेशीको स्वतः अभ्यास हुन्छ ।

फोक्सोका लागि फाइदाजनक

शंख बजाउँदा फोक्सोको राम्रो अभ्यास हुन्छ । यदि श्वासका रोगी नियमित रुपमा शंख बजाउँछन् भने यसको पूर्णतः निर्मूल हुन्छ । शंख बजाउनाले अनुहार, श्वासतन्त्र, श्रवण तन्त्र तथा फोक्सोको अभ्यास हुन्छ । स्मरणशक्ति पनि बढ्छ ।

छाला र हड्डीको हेरविचार

शंख छालाका लागि पनि फाइदाजनक हुन्छ । रातको समयमा शंखमा पानी भरेर राख्ने र बिहान उठेर त्यो पानीले शरीरमा मसाज गर्ने हो भने छालासम्बन्धी रोग जस्तै, एलर्जी, सेतो दाग, विविरा आदि निको हुन्छ । शंखमा प्राकृतिक रुपमा क्याल्सियम, गन्धक, फस्फोरस भरपूरमात्रामा हुन्छ । यसका कारण शंखमा राखिएको पानीको सेवनले हड्डी पनि मजबूत हुन्छ । यो दाँतका लागि पनि लाभदायी हुन्छ ।

आँखाका लागि गुणकारी

सुख्खा हुने, सुन्निने, संक्रमणजस्ता आँखाको समस्याको समाधानका लागि पनि शंखको उपचारबाट ठीक हुन्छ । यस्ता समस्या हुनेबित्तिकै शंखमा राखिएको पानीलाई हातमा राखेर समस्या भएको आँखा डुबाउने हो भने समाधान हुन्छ र यसका अलावा आँखाको ज्योति बढाउन रातभर शंखमा राखिएको पानीमा उत्तिकै मात्रामा साधारण पानी मिसाउने र आँखा धुनुपर्छ ।

हृदयघातको सम्भावना कम

शंखमा रातभर रााखिएको पानीमा गुलाब जल मिसाएर कपाल धुने हो भने प्राकृतिक रंग आउँछ । यो पानीले आँखीभौं, दा¥ही र जुंगा पनि धुन सकिन्छ । यसले रौंमा मुलायमपन आउँछ । शंख बजाउनाले फोक्सोको प्रदूषित हावा बाहिर निस्कन्छ र शरीरले शक्ति प्राप्त गर्छ । प्रतिदिन यस्तो गर्नाले शरीर शक्तिशाली बन्छ र काम गर्ने उर्जा प्राप्त हुन्छ । यसका अलावा शंखको ध्वनी निरन्तर सुन्नु हृदयरोगीका लागि लाभदायी हुन्छ । यसको प्रभावले हृदयाघात हुने सम्भावना कम हुन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes