कपाल झर्नुका कारणहरु - Pahilo Online

कपाल झर्नुका कारणहरु

writer

पहिलो अनलाइन

आजकाल कम उमेरमा कपाल झर्ने समस्याबाट मानिसहरु पीडित भइरहेका छन् । कपाल झर्नुमा विभिन्न कारण हुन्छन् । तीमध्ये एक हो, खानपानमा लापरवाही । यदि खानामा प्रोटिनको कमी भयो भने कपाल झर्ने समस्या हुनसक्छ । यसैले प्रोटिन र आइरनयुक्त खाद्यपदार्थ खानुपर्छ । हरियो सागसब्जी, अण्डा आदि दैनिक खानामा समावेश गर्नुपर्छ ।

बढ्दो उमेर पनि तालु खुईलिने कारण हुन्छ । किनभने उमेर वृद्धिसँगै रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसबाट हर्माेन प्रभावित हुन्छ र कपाल झर्न थाल्छ । तर, कपाललाई राम्ररी हेरविचार गर्ने झर्ने समस्या कम गर्न सकिन्छ ।

स्याहार गर्ने तरिकाका कारण पनि कपाल झर्छ । खासगरी महिलाहरुले कपाललाई कसेर बाँध्दा रौंको फोलिकल्समा रक्तसन्चार राम्ररी हुन पाउँदैंन, जसका कारण रौं मर्छ र झर्न थाल्छ । यसैले त्यस्तो खालको हेयरस्टाइल चयन गर्नुस् जसबाट रौंमा रक्तसन्चार राम्रो होस् ।

युवा अवस्थामा गर्भनिरोधक औषधि बढी प्रयोग गर्दा पनि कपाल झर्ने समस्या हुनसक्छ । गर्भनिरोधक औषधिले हार्मोनल असन्तुलन हुन्छ । यस्तै केमोथेरापी, टाउको दुखेको, थाइराइड र ज्वरोको औषधि पनि कपाल झर्नुमा कारक हुन्छन् ।

यस्तै, अर्काे कारण हो आनुवंशिक । यदि घरमा परिवारका कुनै पनि सदस्यलाई तालु खुईलिने समस्या छ भने पनि कपाल झर्नसक्छ ।

टाउकोमा कुनैपनि प्रकारको फंगल इन्फेक्सन छ भने पनि कपाल झर्नसक्छ । तर, उपचार पछि यसको समाधान हुन्छ ।

परिवर्तित फेसनले कपडामा मात्र होइन, कपालमा पनि अनेक खालको परिवर्तन आइरहेको छ । युवाहरु फेसनका लागि कपालमा पनि नयाँ–नयाँ खालका प्रयोग गरिरहन्छन् र कपालमा विभिन्न खालका रसायन प्रयोग गर्छन् । जसका कारण कपाल झर्छ ।

शरीरमा आउने हार्मोनको परिवर्तनले तालु खुईलिने समस्या आउछ । महिलामा एस्ट्र«ोजन हर्माेनको मात्रा बढी हुने समस्यालाई हाइपरथाइराइड भनिन्छ । यस्तो अवस्थामा तालु खुईलिन्छ । अनुसन्धानकर्ताका अनुसार उमेर बढेसससँगै सेक्स हर्माेनको स्तर कम हुन्छ र पुरुषमा कपाल झर्ने समस्या हुन्छ । यस्तै, अधिक तनावयुक्त जीवनशैली पनि कपाल झर्ने समस्याको कारण बन्छ । बडी बनाउने स्टेरोइडको बढी प्रयोगले पनि कपाल झर्छ । स्टेरोइडले हार्माेन असन्तुलन हुन्छ र तालु खुईलिने समसया निम्तन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes