सिंहदरबारबाट न्याय पाउनुपर्छः खरेल - Pahilo Online

सिंहदरबारबाट न्याय पाउनुपर्छः खरेल

writer

पहिलो अनलाइन

विराटनगर । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले अदालतभन्दा पनि न्याय दिने मुख्य थलो सिंहदवार भएको बताउनुभएको छ ।

महान्यायाधिवक्ताका कार्यालय काठमाडौको आयोजनामा आइतबार विराटनगरमा आयोजित सरकारी वकिलहरुको प्रदेशस्तरीय कार्यसमिक्षा तथा अनुशिक्षण कार्यक्रममा महान्यधिवक्ता खरेलले सो कुरा बताउनुभएको हो ।

नागरिकहरु सारै चित्त नबुझेपछि मात्रै अदालत आउने गरेको बताउँदै खरेलले सबैभन्दा ठूलो न्याय गर्ने थलो त सिंहदर नै भएको उल्लेख गर्नुभयो । अदालत भनेको औपचारीक न्याय गर्ने थलोका रुपमा मात्रै भएको बताउँदै उहाँले सिंहदरबारबाटै न्याय गर्न सकियो भने जनताले सबैभन्दा धेरै राहत महसुन गर्ने उल्लेख गर्नुभयो ।

महान्यायाधिवक्ता खरेलले न्याय सम्पादन गर्दा प्रक्रियासँगै न्यायको चाहना पुरा भयो या भएन भन्ने विषयमा पनि ख्याल गर्न सरकारी वकिलहरुलाई आग्रह गर्नुभयो । न्यायको चाहना पुरा गर्न सकिएन भने प्रक्रियामा मात्रै सहभागी हुनुको कुनै अर्थ नभएको उहाँको भनाइ थियो ।

सरकारको अफ्ठ्यारोलाई ध्यानलाइ राखेर न्यायाधिसले न्याय सम्पदान गर्न नमिल्ने भन्दै उहाँले यसबारे सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस डा.कुलरत्न भुर्तेलले अपराध, कानुनको सख्यामा बृद्धि भएको भएपनि सरकारी वकिलहरुको संख्या कम रहेकाले कार्य सम्पदानमा समस्या भएको बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes