सम्मानजनक रुपमा एकता हुन्छः प्रचण्ड - Pahilo Online

सम्मानजनक रुपमा एकता हुन्छः प्रचण्ड

writer

पहिलो अनलाइन

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादी दुवै पार्टीको सम्मानजनक रुपमा पार्टी एकता हुने बताउनुभएको छ ।

बुधबार माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको जानकारी दिँदै राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेकोले अब एकता संयोजन समितिले त्यसलाई अन्तिम किनारा लगाउने बताउनुभयो । एकता रोक्न पार्टीभित्र र बाहिर पनि चलखेल भइरहेको उल्लेख गर्दै उहाँले तर एकता नरोकिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको सहमति रहेको बताउनुभयो । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी रहेकोले त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँने उहाँले जानकारी दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले केन्द्रमा सह–अध्यक्षको मोडलमा जाने सहमति भएपनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा पुगिनसकेको जानकारी दिनुभयो । संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes