वडाध्यक्ष मुत्यु प्रकरणमा बाबुछोरा पक्राउ - Pahilo Online

वडाध्यक्ष मुत्यु प्रकरणमा बाबुछोरा पक्राउ

writer

पहिलो अनलाइन

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्षको मृत्यु प्रकरणमा मुछिएका बाबुछोरा पक्राउ परेका छन् । वडाध्यक्ष तिम्सिनालाई कुटपिट गरेको आरोप लागेका बाबु भीम योक्पाङदेन र छोरा सुवास योक्पाङदेनलाई पाँचथर प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

हिलिहाङ गाउँपालिका–७ को सिम्वेवामा मोटरबाटो अनुगमनको क्रममा तिम्सिनालाई कुटिपट गरिएको थियो । तिम्सिनाले चैत्र १५ गते स्काभेटर लगाएर सडक निर्माण गर्दा योक्पाङदेनको घरमा लगेको बिजुलीको तार चुँडिएको थियो । सोही विषयलाई लिएर आफूमाथि हातपात भएको भन्दै प्रहरीमा उजुरी दिएका तिम्सिनाको शुक्रबारर निधन भएको थियो ।

तिम्सिनाकी धर्मपत्नीले शनिबार नै कुटपिटमा संलग्न भनिएका बाबुछोराविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गराएकी छन् । तिम्सिनाको मुत्या कुटपिटकै कारण भएको हो वा होइन त्यो भने पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार छिनेको विषयलाई लिएर तिम्सिनालाई कुटपिट गरिएको प्रहरीले जनाएको छ । तिम्सिनाले बिहीबार आफूमाथि भएको कुटपिटको विषयमा पीडकमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दर्ता गराएका थिए ।

कुटपिटपछि शारीरिक र मानसिक रूपमा कमजोर भएका उनलाई उपचारका लागि फिदिमस्थित पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट चिकित्सकले रेफर गरेपछि उपचारका लागि झापा लैजाँदै गर्दा इलामको नेपालटार पुगेपछि उनको मृत्यु भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes