ग्यास्ट्रिकबाट बच्ने घरेलु उपाय - Pahilo Online

ग्यास्ट्रिकबाट बच्ने घरेलु उपाय

writer

पहिलो अनलाइन

ग्यास्ट्रिक रोग आम नेपालीको साझा समस्या हो । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरी दुख्ने समस्याले सताउँछ । यसैगरी पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, वायु बढ्ने आदि ग्यास्ट्रिकका मुख्य लक्षण हुन् । घरेलु तरिकारले नै यसबाट बच्न सकिन्छ ।

बेसारको पात

बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाएर दिनहुँ पिउन सकिन्छ । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

अम्बाको पात

एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमालेर दिनहुँ पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

आलुको जुस

आलुलाई सफा गरेर बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।

अदुवा

ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

बेकिङ सोडा

बेकिङ सोडामा धेरै मात्रामा ब्लतबअष्म भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मद्दत गर्छ । एक ग्लास पानीमा आधा चम्चा बेकिङ सोडा मिसाई दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

दालचिनी

तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राति सुत्नु अगाडि गर्नु राम्रो हुन्छ । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मद्दत गर्छ ।

हिंग

हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।

जिरा बीउ

एक ग्लास तातो पानीमा एक चम्चा जिरा बीउ राखेर उमाल्ने र केही समयसम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।

लसुन

२÷३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिस्ने, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमालेर नियमित सेवन गर्ने ।

सौंप

सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नुस् र सेलाएपछि खानुहोस् ।

पुदिना

एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मद्दत गर्दछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes