कोलेस्टेरोलको मात्रा घटाएर मुटु स्वस्थ राख्ने उपाय - Pahilo Online

कोलेस्टेरोलको मात्रा घटाएर मुटु स्वस्थ राख्ने उपाय

writer

डा. जया प्रधान

१. दैनिक भोजनमा कुल क्यालोरीको ३० प्रतिशत शक्ति मात्र चिल्लो पदार्थबाट प्राप्त हुने किसिमले भोजनको योजना बनाउनुपर्छ ।

२. खाद्यपदार्थबाट पाइने कोलेस्टेरोल प्रतिदिन ३०० मि.ग्रा भन्दा कम हुनुपर्छ । एक अण्डाबाट करिब २ सय १३ मि.ग्रा कोलेस्टेरोल प्राप्त हुन्छ ।

३. पूरै अन्न गेडागुडी, फलफूल, हरियो सागपात तथा अन्य तरकारीहरू अर्थात् फाइबरयुक्त खाद्यपदार्थहरू भोजनमा प्रशस्त समावेश गर्नुपर्छ । खाद्यपदार्थमा रहेको फाइबर र प्रोटिनले शरीरमा कोलेस्टेरोल शोषण हुन नदिइ शरीरबाट बाहिर फाल्न मद्दत गर्छ ।

४. बोसो निकालेको कुखुराको मासु, प्राउनबाहेक अन्य प्रकारका माछाहरू भोजनमा समावेश गर्न सकिन्छ । माछा अतृप्त फ्याटी एसिडको मध्यम स्रोतको रुपमा लिइन्छ । त्यसमध्य पनि यसमा ओमेगा ३ फ्याटी एसिड बढी पाइन्छ । जसले रगतको गुणस्तर ठीक राख्नुको साथै रोग प्रतिरोधात्मक शक्ति पनि प्रदान गर्छ ।

५. फलफूल, सागपात बाहेक मसलाको रुपमा प्रयोग गरिने खाद्यपदार्थहरु जस्तै बेसार, लसुन, प्याज आदि पनि भोजनमा समावेश गर्नुपर्छ ।

६. विशुद्ध चिल्लो पदार्थ (घिउ, तेल) बाहेक अन्य खाद्ययपदार्थमा मिलेर रहेको चिल्लो पदार्थ पनि हटाइ प्रयोग गर्दा बेस हुन्छ । जस्तै चिल्लो निकालेको दूध, बोसो निकालेको मासु आदि ।

७. खानामा चिनी र मदिराको प्रयोग कम गर्नुपर्छ । चिनी र अल्कोहलको बढ्दो प्रयोगले शरीरमा ट्राइग्लिसराइड नामक हानिकारक चिल्लो पदार्थको परिमाण बढाउन सक्छ ।

८. रगतमा कोलेस्टेरोल सन्तुलित राख्न दैनिक हल्का व्यायाम गर्नुपर्छ ।

९. सकेसम्म शरीरको तौल ठीक राख्नुपर्छ । बढी तौल हुँदा उच्च कोलेस्टेरोलको सम्भावना धेरै हुन्छ ।

१०. उल्लेखित कुराबाहेक चिल्लो पदार्थको कम प्रयोग हुने पकाउने विधिको पनि छनोट गर्नुपर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes