पार्टी पिच्छे शिक्षक संगठन आवश्यक छैन : शिक्षामन्त्री पोखरेल - Pahilo Online

पार्टी पिच्छे शिक्षक संगठन आवश्यक छैन : शिक्षामन्त्री पोखरेल

writer

पहिलो अनलाइन

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्र जागिर खाने नभएर राष्ट्र निर्माण गर्ने थलो भएको बताउनु भएको छ ।

अखिल क्रान्तिकारीको सोमबार भक्तपुरमा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा पोखरेलले जागिरलाई केन्द्रमा राखेर शिक्षा नीति तय हुन नसक्ने बताउनु भयो ।

पोखरेलले पार्टी पिच्छेका शिक्षक संगठन नभई एउटै महासंघ मात्र भए पुग्ने औंल्याउनु भएको छ । समाजवाद निर्माणका लागि शिक्षा क्षेत्रबाट अगुवाइ गर्नुपर्ने उहाको भनाइ छ ।

मन्त्री पोखरेलले अबको पाँच महिनाभित्र संविधानमा उल्लेखित शिक्षा सम्वन्धी मौलिक हक कार्यान्वयन गर्ने ऐन बनाइसक्ने दाबीसमेत गर्नुभएको छ ।

कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले समाजवादी शिक्षाको आधार खडा गर्न र यसै आर्थिक वर्षबाट शिक्षामा २० प्रतिशत बजेट छुट्याउन सरकारसँग माग गर्नुभएको छ ।

आइतबारदेखि सानोठिमीमा शुरु भएको क्रान्तिकारीको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबार साँझ समापन हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes