विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा केदार कार्की मनोनित भएका छन् । नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ बमोजिम कांग्रेस प्रदेशसभा प्रदेश १ को संसदीय दलको तर्फबाट सचेतक पदमा केदार कार्कीलाई मनोनयन गरेको काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिनुभएको छ ।
कार्कीलाई मनोनयन गरेको पत्र कोइरालाले मंगलबार सभामुख प्रदिपकुमार भण्डारीलाई दिएको बताइएको छ । मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ वाट प्रदेश सभा सदस्यमा निर्वाचित कार्की नेपाल विद्यार्थी संघका केन्द्रीय नेता हुन् ।
कांग्रेसका प्रभासाली नेता शेखर कोइराला निटक रहेका कार्कीले कांग्रेसको संसदीय दलको नेता पदमा समेत उम्मेदवारी दर्ता गराएको थिए । तर, अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेका थिए ।
कांग्रेसले संसदीय दल कार्यसमितिलाई पनि पूर्णता दिएको जनाएको छ । समितिको उपनेतामा हिमाल कार्कीलाई मनोनयन गरिएको छ भने सचिव शिवनारायण सिंह, कोषाध्यक्ष लिला सुब्बा, सदस्यहरुमा चुमनारायण तवदार, ओमप्रकाश सरावगी, ज्योती सुब्बा, नबोदिता चौधरी र विन्दीया कार्की रहेका छन् ।