अध्यक्षबाट कुटिए सर्वसाधारण - Pahilo Online

अध्यक्षबाट कुटिए सर्वसाधारण

writer

पहिलो अनलाइन

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–७ का २२ बर्षीय अनिलकुमार साहलाई गाउँपालिकाका अध्यक्षले कुटपिट गरी घाइते बनाएका छन् ।

घाइते साह हाल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चअ अस्पतालमा उपचार गराईराखेका छन् । गाउँपालिका अध्यक्ष लिलाम्बर यादव तथा परिवारका अन्य सदस्यहरुको कुटपिटबाट साह घाइते भएका हुन् । घाइते साहको छाती, कम्मपर, पेट, पिठ्यूँ लगायत शरिरका विभिन्न भागमा चोटपटक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

न्यायको गुहार माग्न जाँदा आफुमाथि अध्यक्ष यादवलगायत उनका परिवारजनसमेतले निर्घात कुटपिट गरेको पीडितको भनाइ छ । केही दिन अघिदेखि गाउँमा चोरीका घटनाहरु बढेको र उक्त कार्यमा अध्यक्षकै भतिजा सचिनकुमार यादवको संलग्नता रहेको साहले बताएपछि अध्यक्ष यादव उनीमाथि जाइलागेको स्थानीयले बताएका छन् ।

अध्यक्ष यादवले चोरीमा भतिजाको संलग्नता स्वीकार गरेको तर अनिललाई कुटपिट गरेको पीडितका काका लोचन साहले बताउनुभयो । चोरीमा भतिजाको संलग्नता रहेपनि छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता सार्वजनिक रुपमै जनाएका यादवले भित्री रुपमा भने लोचनको संरक्षण गरेको दावी स्थानीयले गरेका छन् ।

चोरीको घटनाबारे सार्वजनिक रुपमा आफ्नो नाम लिएको भन्दै सचिनले लोचनलाई धम्की दिँदै आएका थिए । शनिबार अध्यक्षको घरमा धम्कीबारे गुहार माग्न जाँदा अध्यक्ष यादव, उनका भतिजा सचिनलगायतका परिवारका सदस्यले कुटपिट गरेका हुन् ।

गाउँपालिका अध्यक्ष यादवले चोरिको आरोपसहित घरमै आएर अभद्रशैलीमा प्रस्तुत भएका कारण अनिललाई परिवारका सदस्यहरुले समान्य हातपात गरेको बताएका छन् । घरमै आएर गालिगलौज गर्न थालेपछि परिवारका सदस्यहरुसँग उसको समान्य हातपात हुन गएको उनको भनाइ छ ।

पीडित पक्षले गाउँपालिका अध्यक्ष लगायतका आरोपिहरुमाथि कानुनी कारवाही गर्नुपर्ने माग गरेका छन् । आफ्नो पसलमा यस अघि पनि तीन÷चार पटक चोरि भईसकेको जानकारी गराउँदै लोचनले सुनियोजित तरिकावाट चोरिका आरोपिलाई जोगाउन अध्यक्ष लागिपरेको आरोप लगाए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes