उपसभामुखमा तुम्बाहाम्फे र भुसाल भिड्दै - Pahilo Online

उपसभामुखमा तुम्बाहाम्फे र भुसाल भिड्दै

writer

पहिलो अनलाइन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेका शिवमायाँ तुम्बाहाम्फे र नेपाली काँग्रेसका पुष्पा भुसालको उम्मेदवारी दर्ता भएको छ ।

संसद भवनमा बिहीबार दुबैले उम्मेदवारी दर्ता गरेका हुन् । तुम्बाहाम्फेको प्रस्तावकमा माओवादी केन्द्रका सांसद देव गु?ङ र समर्थक एमालेको सांसद रवीन्द्र अधिकारी छन् । यस्तै भुसालको प्रस्तावकमा काँग्रेस सांसद डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहेका छन् ।

उम्मेदवारी दिएकी भुसाल यसअघि पनि सभासद रहिसकेकी नेतृ हुन् । तुम्बाहाम्फे भने पहिलो पटक संसदमा उपस्थिति जनाएकी हुन् । दुबै समानुपातिक सांसद हुन् ।

उम्मेदवारी दिएपछि भुसालले प्रतिपक्षीले संसदमा प्रभावकारी भूमिका खेल्ने भएकोले सरकार पक्षले आफूलाई समर्थन गर्नुपर्ने जिकिर गर्नुभएको थियो । यसअघि कांग्रेसले सभामुखमा भने पार्टीको तर्फबाट उम्मदेवारी दिएको थिएन ।

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes