भण्डारी दोस्रो कार्यकालको लागि राष्ट्रपति चुनिदै - Pahilo Online

भण्डारी दोस्रो कार्यकालको लागि राष्ट्रपति चुनिदै

राष्ट्रपति चयनका लागि मतदान जारी

writer

पहिलो अनलाइन

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज मंगलबार विहान १० बजेदेखि मतदान भइरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो ।

मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८८० जना मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

राष्ट्रियसभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रदेशतर्फका सांसद दीपक मनांगे गरी चार जना मतदाता सूचीमा नभएकाले कुल ८८४ जना मतदातामध्ये ८८० जना मात्रै सहभागी हुन लागेका हुन् ।

राष्ट्रपतिका लागि एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट लक्ष्मी राई प्रतिस्पर्धामा छन्। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ । ८८० जना मतदाताको कुल मतभार ५२ हजार ५०१ हुन्छ। राष्ट्रपतिमा बहुमतसहित निर्वाचित हुन २६ हजार २ सय ५१ मतभार आवश्यक पर्छ।

चुनाबबाट राष्ट्रपति भण्डारी दुईतिहाई भन्दा बढि मतले दोस्रो कार्यकालको लागि राष्ट्रपति निर्वाचित हुने निश्चित छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes