गगनको गर्जन : उधारो होइन नगद चाहिन्छ खनखन गनेर - Pahilo Online

गगनको गर्जन : उधारो होइन नगद चाहिन्छ खनखन गनेर

उदारो हैन, अब नो ईफ नो बट । परिणाम चाहिन्छ

writer

पहिलो अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारका काम अब उधारोमा नभएर नगदमा चाहिने बताउनु भएको छ ।

आइतबार बसेको संघीय संसदको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री तथा बाम गठबन्धनलाई सशक्त चुनौति दिनुुभएको छ ।

सभामुखले दिएको पाँच मिनेटको समयमा एक मिनेट थपेर ६ मिनेट धाराप्रवाह आफ्ना कुरा राख्नुुभएका थापाmले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुभयो ।

विपी कोईरालाले व्यक्त गरेका विचार उद्दरण प्रस्तुत गर्दै सुरु भएको गगन थापाको मन्तव्यमा बाम गठबन्धनले अब परिणाम उधारोमा नभएर नगदमा दिनुपर्ने बताउनुभयो ।

गगन थापाले व्यक्त गरेको विचारको सम्पादित अंश

बलियो व्यक्तिको नाममा विगतमा महाराजाहरुले पटक–पटक लोकतन्त्र खाईदिईबक्स्यो । त्यसैले अहिले पनि हामीलाई शंका छ । संविधान संशोधनका बारे उच्चारण गर्दा पनि राष्ट्रघात हुने विगत थियो, अहिले सजिलो बहुमत हँुदाहँुदै दुई तिहाईको दिव्य शक्तिको मोह किन हो ? नेपालले बलियो संस्था खोजेको छ, बलियो व्यक्ती हैन । बलियो व्यक्ती बनाउन तर्फ लागे दुर्घटना हुन्छ । नेपाली कांग्रेस बलियो व्यक्तीबाट हुन सक्ने दुर्घटनाबाट देशलाई बचाउन प्रतिपक्षमा बस्छ । संविधानले सरकार, सदन र अदालत तथा संवैधानिक आयोगहरुको सीमारेखा कोरेको छ । यी संस्था बलियो बनाउनु पर्छ । आजबाट प्रधानमन्त्रीज्यू तपाईको दिनगन्ती शुरु भएको छ । वाम गठबन्धनले चुनावका बेला घोषणापत्रमा भनेको थियो, आथिक वृद्धिदर १० प्रतिशतले बढ्छ, भ्रष्टाचार शून्य हुन्छ, सबै खेतीयोग्य जमिनमा सिंचाईको व्यवस्था गर्ने, पूर्वपश्चिम रेल मार्ग, ६ लेनको बाटो, २५ लाख पर्यटक भित्र्याउने, प्रत्येक प्रदेशमा हजार शैया सहितको अस्पताल …। तपाईले लेखेको घोषणापत्रलाई अब कण्ठस्थ पार्ने मात्र हैन पटक पटक उच्चारण गरिने छ । उदारो हैन, अब नो ईफ नो बट । परिणाम चाहिन्छ खनखन गनेर । विगतमा प्रधानमन्त्रीज्यूले बोलेका कुराले धोती लगाउनेहरुको मन जसरी फाटेको छ, मधेश केन्द्रीत दलले मत हाल्दैमा, मतले जोड्दैमा मन जोडिदैन । अहिले विश्वमा एउटा ट्रेण्ड छ, ईन्टरनेशनल न्याश्नालिष्ट मुभमेण्ट । त्यसले पहिले लोकप्रियता हासिल गर्छ, निर्वाचनबाट निर्वाचित भएर आउँछ र त्यही निर्वाचनलाई निल्छ । त्यसैले खबरदारी गर्न हामी प्रतिपक्षमा बसेका छौं । सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध भन्नु भएको छ, त्यो होस् हामी प्रतिपक्षीको बेन्चमा बसेर त्यस्तो कदमलाई साथ दिन चाहान्छौं । कहीं कतै बरालिने काम नहोस्, सम्झाउन हामी प्रतिपक्षमा बसेका छौं । सरकारलाई सम्झाउन, बाटो देखाउन र घच्घच्याउन पनि हामी प्रतिपक्षमा बसेका हौं ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes