सभामुखमा महरा निर्विरोध निर्वाचित - Pahilo Online

सभामुखमा महरा निर्विरोध निर्वाचित

writer

पहिलो अनलाइन

काठमाडौं । प्रतिनिधिसभा सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको छ ।

सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको कार्यसुची रहेकोमा महराको मात्र उम्मेदवारी परेकोले निर्वाचित हुनुभएको हो ।

महरा निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार हुनेछ । प्रतिनिधिसभामा बाम गठबन्धनको दुईतिहाई नजिक मत रहेकोले प्रमुख प्रतिपक्षी दल काँग्रेसले सभामुखमा उम्ेमदवारी दिएन । यद्यपी उसले उपसभामुख पद पाउनुपर्ने माग गरेको छ ।

उम्मेदवारी दर्तापछि महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताउनुभयो ।

महराको प्रस्तावकमा एमाले नेता एवं पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहनुभएको थियो ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सभामुखमा महराको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes