प्रधानमन्त्रीले सांसदलाई भने : भत्ता खाने मात्रै होइन - Pahilo Online

प्रधानमन्त्रीले सांसदलाई भने : भत्ता खाने मात्रै होइन

एमाले–माओवादी सांसदलाई प्रधानमन्त्री केपी ओलीको प्रशिक्षण

writer

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई कर्मचारीको सरुवाको फाइल बोक्न छोडेर विकास निर्माणको फायल बोक्न आग्रह गर्नुएको छ ।

काठमाडौंमा आयोजित एमाले–माओवादीका सांसदलाई प्रशिक्षण दिँदै ओलीले हरिभक्त कटुवालको कविताजस्तै नजिकबाट जति हे¥यो उति सुकिला देखिनुपर्नेमा जोड दिनुभयो । ‘सरुवा बढुवाका फाइल नबोक्नुस् देश विकासका फाइल बोक्नुस्,’ उहाँले भन्नुभयो, ‘संसदभित्रको समिति सांसदहरूकै जिम्मेवारी हो । जो साथी जुन समितिमा हुनुहुन्छ त्यसको जिम्मेवारी पूरा गर्नुस् । गहिरो गरी अध्ययन गर्नुस् ।’

यहाँसम्म देश पार्टी, नीतिले ल्याएको बताउँदै उहाँले अरुका च्याप्टर क्लोज मेरो ओपन भन्ने भन्दा पनि पार्टीको च्याप्टरमा हिँड्न आग्रह गर्नुभयो । ‘अप्ठ्यारा, कठिनाइ, ब्यवधान छन् भए पनि जनतालाई पटक्कै निराश हुन दिन्न,’ उहाँले भन्नुभयो, ‘पार्टी एकता पनि त्यसैको लागि हो ।’

मेरो मात्रै एउटा जन्म मिति

प्रधानमन्त्री ओलीले सडक र न्यायालयमा देखिएको जन्म मिति विवाद संसदमा पनि छिरेको बताउनु भयो । प्रधानमन्त्री ओलीलेआफू भन्दा कम उमेरका व्यक्तिले शपथ खुवाउन लागेको बताउनु भयो । जेष्ठ सदस्यको हैसियतमा भोलि राजपा सांसद महेन्द्र राय यादवले सांसदलाई सपथ खुवाउने कार्यक्रम छ । रायको वास्तविक उमेर ६३ वर्ष हो तर, नागरिकतामा ८० वर्ष भएका कारण जेष्ठ सदस्य बनेको सार्वजनिक भइरहेको छ ।

महेन्द्र राय यादवलाई आफूले भाइ भन्ने गरेको भन्दै ओलीले भन्नुभयो, ‘भोलि नागरिकताको आधारमा उहाँ ज्येष्ठ सदस्य हुनु भयो । सबैलाई शपथ खुवाउँदै हुनुहुन्छ ।’ यथार्थ उमेर भन्दा नागरिकतामा बढी उमेर भएकोले यस्तो भएको उहाँले बताउनु भयो । ‘एउटै मात्रै जन्ममिति भएको म एक्लै पो रहेछु कि क्या हो,’ ओलीको व्यंग्य थियो, ‘जन्ममितिः २००८ साल फागुन ११ गते शनिबार ।’

आफू भन्दा कान्छा व्यक्तिलाई बढी उमेरको भन्दै उनीबाट शपथ लिनुले देश कस्तो रहेको भन्ने देखाएको उहाँले बताउनु भयो । ‘धेरै जन्ममिति भएका न्यायाधीश छन्, सांसद छन्, मन्त्री छन्,’ उहाँले भन्नुभयो ।

गाई कि त्रिशूल खेलेर आएका होइनौं

प्रधानमन्त्री ओलीले संसदीय नेतृत्वलाई विश्वास गर्न सांसदलाई आग्रह गर्नुभयो । ‘हामी यहाँ आएको गाई कि त्रिशूल खेलेर होइन । संघर्ष त्याग गरेर आएको हौं, भत्ता खान मात्र होइन, हामीले जनताको जिम्मेवारी बोकेर आएका छौं,’ ओलीले भन्नुभयो, ‘हामीबाट जनतालाई धोका हुँदैन ।’
विदेशिएका युवा स्वदेशमा ल्याउने, आकर्षक रोजगारीका अवसर सिर्जना गर्ने, विकास निर्माणका काम गर्ने, खर्च हुन नसकेको पूँजिगत रकमलाई उपयोग गर्ने, कृषिमा आधुनिकता र व्यवसायिकता ल्याउनेमा जनतालाई थाहा हुने गरी काम गर्नेमा आफू लागिपरेको पनि उहाँले बताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes