गठबन्धन–फोरमको वार्ता रोकियो - Pahilo Online

गठबन्धन–फोरमको वार्ता रोकियो

writer

पहिलो अनलाइन

काठमाडौं, १९ फागुन : सत्तारुढ बाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालको आज हुने भनिएको वार्ता स्थगित भएको छ । आवश्यक गृहकार्य नपुगेको भन्दै वार्ता स्थगित गरिएको बताइएको छ ।

यस अघि ती दलका नेताले आफूहरू सहमतिको अन्तिम बिन्दुमा पुगेको र शनिबार बसेर त्यसलाई टुंगाउने बताएका थिए । फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टीका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर रहेको तथा अन्य गृहकार्य नपुगेका कारण बैठक स्थगित भएको बताउनु भयो । मधेशका एजेण्डा तथा सविधान संशोधनको विषयमा कुरा मिलिसकेको र अब मन्त्री बाँडफाँटको कुरा मिलाएर शनिबार सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी थियो ।

एमालेले सविधान संशोधनमा सैद्धान्तिक सहमति जनाएको छ । यसका लागि आवश्यक गृहकार्य गर्न कार्यदल बनाउने सहमति भएको बताइएको छ । मधेशको कतिपय माग सविधान संशोधनबाट गर्ने र अरु बाँकी सरकारको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने सहमति भएको नेताहरुले बताउँदै आएका छन् ।

फोरम नेपालले एक उपासभामुख र तीन मन्त्रालय माग गरेको छ । तर, सत्तारुढ दल दुईटा मन्त्रालय दिन तयार छन् । यस विषयमा छलफल चलिरहेको थियो । अर्को बैठकको समय भने तोकिएको छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes