‘सत्तापक्ष–फोरमबीच सिद्धान्तमा सहमति’ - Pahilo Online

‘सत्तापक्ष–फोरमबीच सिद्धान्तमा सहमति’

वामगठबन्धनको सरकार दुई तिहाई बहुमत हैसियतको हुने संकेत

writer

काठमाडौं । एमाले नेता सुवास नेम्वाङले संघीय समाजवादी फोरम नेपालसँगको वार्ता ‘सिद्धान्तत’ टुंगोमा पुगेको दाबी गर्नुभएको छ ।
लिखित सहमति गर्ने भनिएको बिहीबारको द्वीपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेको समाचार सार्वजनिक भइरहँदा नेम्वाङले भने त्यस्तो बताउनु भएको हो ।

सरकारमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले फोरम नेपालसँग शनिबार फेरि वार्ता गर्ने बताएका छन् । ‘अध्यक्षहरूको तहमा भइरहेको छलफल एकदम सकारात्मक छ। मूलरुपमा दुई पक्षबीच सहमति भएको छ। सिद्धान्ततः टुंगिए बराबर हो’, वार्तामा सहभागी हुँदै आएका एमाले नेता नेम्बाङले भन्नुभयो ।

शीर्षस्थ तहको वार्ताको मुख्य आधार द्वीपक्षीय कार्यदलले तयार गरेको सहमतिको खाका बनेको उहाँको दाबी छ । जसअनुसार वामपन्थी गठबन्धन संविधान संशोधन गर्न र फोरम नेपाल सरकारमा सहभागी हुन तयार भएको छ ।

के–के विषयमा सैद्धान्तिक सहमति भएको हो भन्ने विषयमा खुलस्त हुन नचाहेपनि नेम्वाङले संविधान संशोधन पनि त्यसमा रहेको स्वीकार गर्नुभयो । एमाले नेता नेम्बाङले होली पर्व मनाउन तराई झर्ने फोरम नेपालका नेताहरुको हतारोका कारण निष्कर्षमा पुग्न नसकिएको प्रतिक्रिया दिनुभयो ।

६० वर्षपछि दुई तिहाईको सरकार

पार्टी एकता गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रको संयुक्त सरकारसँग प्रष्ट बहुमत छ। फोरम सहभागी भएमा वर्तमान सरकार झण्डै ६० वर्षअघि बनेको नेपाली कांग्रेसको सरकारजस्तै दुईतिहाई बहुमतको हैसियतमा पुग्ने आंकलन सुरु भएको छ।

संसद्‌मा त्यो संख्या संविधान संशोधनको निम्ति पर्याप्त हुनेछ। तर संविधान संशोधनको माग उठाउँदै आएको अर्को दल राष्ट्रिय जनता पार्टी नेपालसँग सत्ता पक्षको वार्ता भएको देखिएको छैन । उक्त दलले सत्ता पक्षसँग फोरमको जारी वार्तालाई शंकाको दृष्टिले हेरेको विश्लेषकहरू बताउँदै आएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes