महिनावारीमा कम रक्तश्राव हुनुका ८ कारण - Pahilo Online

महिनावारीमा कम रक्तश्राव हुनुका ८ कारण

writer

पहिलो अनलाइन

प्रायः जसो महिलाहरू महिनावारीसँग सम्बन्धित छुट्टा–छुट्टै समस्याले ग्रसित हुने गर्छन् । कसैलाई अत्यधिक रक्तश्रावको समस्या हुन्छ भने कसैलाई कम रक्तश्राव हुने गर्छ । कतिपय महिलामा महिनावारीको समय रक्तश्रावका साथै शरीरका विभिन्न अंगहरू बाउँडिने समस्या पनि हुन्छ । साथै पेट दुख्ने र वाकवाकी लाग्ने पनि हुन्छ । यदि तपाईंको महिनावारीमा केहि परिवर्तन भई कम रक्तश्राव भयो भने त्यसले थोरै भएपनि राहत हुन्छ । तर, यस्तो कुनैपनि समस्या भयो भने चिकित्सकसँग सल्लाह लिनु नै राम्रो हुन्छ, किन की कम रक्तश्राव हुनुको पनि विभिन्न कारण हुन सक्छन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.रामनरेश पण्डितका अनुसार महिनावारीमा कम रक्तश्रावका कारण यस्ता छन् :

१. शरीरमा हर्मोनले हुने परिवर्तनले महिनावारीमा रक्तश्रावको मात्रालाई बढाउने वा घटाउने हुन्छ । यदि तपाईको महिनावारी सामान्य थियो र अब कम रक्तश्राव हुँदैछ भने डराउनु पर्ने अवस्था छैन र चिकित्सकसँग सल्लाह गरिहाल्नुपर्छ ।

२. आधा उमेरको महिला जो महिनावारी रोकिने अवस्थामा पुगिसकेका हुन्छन् उनीहरुलाई पनि रक्तश्राव कम हुने गर्छ । किनकी उनीहरूको शरीरमा एस्ट्रोजेनको मात्रा कम हुँदै जान्छ ।

३. कम उमेरका महिलामा पनि लाइट ब्लिडिङको समस्या हुने गर्छ । विशेषगरी कम रक्तश्राव त्यो महिलामा हुने गर्छ जसको महिनावारी सुरु हुने क्रम हुन्छ । लाइट ब्लिडिङका साथै कतिपटक त महिनावारी नै धेरै समयसम्म नहुने पनि समस्या हुन्छ ।

४. जीवनशैलीमा परिवर्तन, शारीरिक क्रियाकलाप बढ्ने वा घट्ने तथा तनावले गर्दा पनि रक्तश्रावको मात्रामा प्रभाव पार्छ ।

५. थाइराइडको अवस्था, खानपान, पोलिसिस्टिक ओवेरियन सिन्ड्रोम, स्वास्थ्य सम्बन्धी समस्याले गर्दा पनि महिनावारीमा प्रभाव पार्ने हुन्छ ।

६. कन्ट्रेसेप्टिव औषधिको सेवनले पनि महिनावारीमा परिवर्तन आउने गर्छ जसले रक्तश्रावको मात्रामा कमि आउन थाल्छ ।

७. गर्भावस्थाका समय पनि महिलामा म्यूकस डिस्चार्ज हुन्छ, जुन सामान्य रक्तश्रावको जस्तै हुने गर्छ । यदि यो धेरै मात्रामा हुने गरेको छ भने तुरुन्त डक्टरसँग परामर्श लिइहाल्नुपर्छ ।

८. गर्भावस्थाका बेला पहिलो तीन महिनासम्म सामान्य रक्तश्राव हुन्छ जुन मिसक्यारेजको संकेत पनि हो । त्यसैले यस्ता समस्या भएमा बिना कुनै लापरवाही तपाईले डाक्टरसँग परामर्श लिनु उचित हुन्छ । यदि तपाई यस्ता समस्याबाट बच्न चाहनुहुन्छ भने समयमै उपचार र परामर्श लिनु राम्रो हुन्छ । साथै कम रक्तश्रावको बेला अदुवा, दालचीनी, धनियाँ, ज्वानो वा तातो खाना खानबाट बच्नुपर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes